

कर्णाली प्रदेश सभा संसदीय समितिका अध्यक्षको गाडीमा आगलागी




काठमाडौं , पुस १७
कर्णाली प्रदेश सभाको संसदीय समितिका अध्यक्ष चढ्ने गाडीमा आगलागी भएको छ।
गएराति १० बजेतिर अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेश सिंह उनको गाडीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
जाजरकोटको भेरी नगरपालिका–७ पुन्म गाउँमा पार्किङ गरी राखेको राति गाडीमा आगो लागेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए।
‘गाडी कसरी जलेको भन्नेबारे अहिलेसम्म केही खुलेको छैन,’ डिएसपी श्रेष्ठले भने, ‘हामी अनुसन्धानकै क्रममा छौं, आफैं आगो लागेको हुन पनि सक्छ।’
कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडी जाजरकोटबाट निर्वाचित प्रदेश सभा सदस्य तथा प्राकृतिक समितिका सभापति सिंहले प्रयोग गर्दै आएका थिए।
जाजरकोटको स्याउली बजारमा आयोजना गरिएको प्रचण्ड–नेपाल समूहको कार्यक्रममा सहभागी हुन सिंह उक्त गाडी लिएर जाजरकोट गएका थिए।
बिहिबार राति भेरी नगरपालिका–७ का अध्यक्ष चन्द्र बहादुर शाहीको घर नजिकै गाडी राखेर उनी त्यहाँ बास बसेको प्रहरीले जनाएको छ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया