

केन्या शैक्षिक वर्ष रद्द गर्ने पहिलो राष्ट्र


एजेन्सी, साउन २३
केन्याली सरकारी अधिकारीहरुले नै सन् २०२० को शैक्षिक वर्ष नै रद्ध हुने घोषणा गरेका छन् । राष्ट्रभरिकै केहि बिदार्थीले अनलाइन मार्फत अध्ययन गर्दै थिए भने केहि त्यसबाट पनि बन्चित रहेको अवस्थामा गत जुलाईमा सरकारले आगामी जनवरी अर्थात औपचारिक रुपमा शैक्षिक वर्ष शुरु हुने समय देखि मात्र नयाँ शैक्षिक सत्र शुरु हुने भन्दै २०२० को शैक्षिक सत्र रद्धै भएको घोषणा गरेको थियो । अब केन्याली बिद्यार्थीहरुले आफ्नो कक्षा दोहर्याउनु पर्ने भएको छ ।

शिक्षाविदहरुका अनुसार कोभिड १९ महामारीको कारण यसरी शैक्षिक वर्ष नै रद्ध गर्ने केन्या विश्वको पहिलो मुलुक हो । शिक्षा मन्त्री जर्ज मागोहाले लामो छलफल पछि शिक्षक र बिद्यार्थीहरुको ज्यान जोगाउने हिसाबले मात्र नभई शिक्षा आर्जन गर्ने समान अधिकारलाई समेत मध्यनजर राख्दै सरकारले यो चुनौतिपूर्ण निर्णय लिएको बताएका छन् ।
किनभने अनलाइन अधययनका लागि सबैसंग प्राविधक पहुँच पुगेको थिएन । गत मार्च देखि केन्यामा पठन पाठन बन्द भएको हो ।
यसबाट ९० हजार भन्दा बढि बिद्यालय र १ करोड ८० लाख भन्दा बढि बिद्यार्थी प्रभावित भएका छन् ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया