
केन्या शैक्षिक वर्ष रद्द गर्ने पहिलो राष्ट्र




एजेन्सी, साउन २३
केन्याली सरकारी अधिकारीहरुले नै सन् २०२० को शैक्षिक वर्ष नै रद्ध हुने घोषणा गरेका छन् । राष्ट्रभरिकै केहि बिदार्थीले अनलाइन मार्फत अध्ययन गर्दै थिए भने केहि त्यसबाट पनि बन्चित रहेको अवस्थामा गत जुलाईमा सरकारले आगामी जनवरी अर्थात औपचारिक रुपमा शैक्षिक वर्ष शुरु हुने समय देखि मात्र नयाँ शैक्षिक सत्र शुरु हुने भन्दै २०२० को शैक्षिक सत्र रद्धै भएको घोषणा गरेको थियो । अब केन्याली बिद्यार्थीहरुले आफ्नो कक्षा दोहर्याउनु पर्ने भएको छ ।
शिक्षाविदहरुका अनुसार कोभिड १९ महामारीको कारण यसरी शैक्षिक वर्ष नै रद्ध गर्ने केन्या विश्वको पहिलो मुलुक हो । शिक्षा मन्त्री जर्ज मागोहाले लामो छलफल पछि शिक्षक र बिद्यार्थीहरुको ज्यान जोगाउने हिसाबले मात्र नभई शिक्षा आर्जन गर्ने समान अधिकारलाई समेत मध्यनजर राख्दै सरकारले यो चुनौतिपूर्ण निर्णय लिएको बताएका छन् ।
किनभने अनलाइन अधययनका लागि सबैसंग प्राविधक पहुँच पुगेको थिएन । गत मार्च देखि केन्यामा पठन पाठन बन्द भएको हो ।
यसबाट ९० हजार भन्दा बढि बिद्यालय र १ करोड ८० लाख भन्दा बढि बिद्यार्थी प्रभावित भएका छन् ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया