

कपिलवस्तुमा शुक्रबारदेखि मोटरसाईकल र स्कुटर पनि जोर बिजोर संचलन गर्नुपर्ने


साउन २२ कपिलवस्तु कलिवस्तुमा शुक्रबार बिहान अर्थात साउन २३ गते बिहान ५ बजेदेखि मोटरसाईकल र स्कुटर पनि जोर बिजोर प्रणालीमा संचालन गर्नुपर्ने भएको छ । कोरोना संक्रमण समुदाय स्तरमै पुगेपछि जिल्ला प्रशासन कार्यालयले जिल्लामा कडाई गर्ने घोषणा गरेको छ । आज एक सुचना जारी गर्दै कोरोनाको जोखिम नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले साउन २३ गते शुक्रबार बिहान ५ बजे देखि साउन ३२ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा स्वरुपको कडाई गर्ने जनाएको हो । अत्यावस्यक सेवा बाहेकका सराकारी कार्यालय, बैँक तथा वित्तीय संस्थाबाट प्रदान गरिने सेवा पूर्ण रुपमा बन्द गर्न जिल्ला प्रशासनले निर्देशन गरेको छ । त्यस्तै मालबाहक ढुवानीका साधन बाहेक जिल्ला भित्र संचालन हुने सार्वजनिक यातायातका सवारी साधनहरु पूर्ण रुपमा बन्द गर्न पनि निर्देशन गरिएको छ भने निजी सवारीका साधनहरु मोटरसाईकल र स्कुटर समेत जोर विजोर नम्बरका आधारमा संचालनको अनुमति दिइएको छ । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर भएका निजी सवारी संचालनको अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुद्धारा जारी सूचनामा उल्लेख छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलद्धारा जारी सूचनामा कोभिड १९ को संक्रमणबाट कपिलवस्तु जिल्ला उच्च जोखिममा रहेको तथा जनसम्पर्क अधिक हुने सरकारी कार्यालय, बैँक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुमा समेत संक्रमण देखिएको कारण कडाई गरिएको हो ।स्थानिय प्रशासन ऐन,२०२८ को दफा ६ को ३ र संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया