

दलित समुदायका याेजना निति तथा कार्यक्रममा नपरेकाे गुनासो


रामबहादुर गन्धर्व – ८ जेठ कपिलवस्तुकाे बाणगङ्गा नगरपालिकाका दलित जनप्रतिनिधिहरूले आफ्ना समुदायकाे कार्यक्रम तथा मुद्दा स्थानीय तहको निति तथा कार्यक्रम प्रर्याप्त रूपमा समाबेश नभएको भन्दै गुनासो गरेका छन् । जागरण मिडिया सेन्टरले बिहीबार नगरपालिकाकाे चार नम्बरमा आयोजना गरेको महिला जनप्रतिनिधिहरूकाे नेतृत्व बिकास कार्यशालामा बाेल्दै कार्यपालिका सदस्यहरूले दलित समुदायका सवाललाई बेवास्ता गरिए नगर सभाका कार्यक्रमहरू बहिष्कार गर्नेसम्मका चेतावनी दिएका छन् । कार्यपालिका सदस्य दिलबहादुर खातीले दलित जनप्रतिनिधिहरू एकजुट हुँदा मात्रै निति तथा कार्यक्रम समावेश गराउन सफल भएको अनुभव सुनाए । साथै उनले पालिकामा दलित जनप्रतिनिधिहरूप्रति अझै पनि उपेक्षाकाे प्रवृत्ति कायम रहेको बताउदै दलित समुदायका कार्यक्रम प्रति अन्य जनप्रतिनिधि प्रर्याप्त उदार बन्न नसकेको उल्लेख गर्दै अब याेजनाबद्व र संगठित रूपमा अघि बढनु पर्ने आवश्यकता रहेको औलाए। उनले भने हामी एक भएर लागे मात्र दलित समुदायका मुद्दा प्रभावकारी रूपमा उठाउन र कार्यन्वयन गराउन सकिने बताए । त्यस्तै कार्यपालिका सदस्य शारदा परियार र पिताम्बर बि. क. लगायतले दलित समुदायको वास्तविक अवस्था पहिचान गर्न प्राेफाइल निर्माणकाे आवश्यकता रहेको बताए । उनिहरूले बाणगङ्गामा दलित ऐन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै अगामी दिनमा पनि दलित समुदायका कार्यक्रम सम्बाेधन नभए कार्यपालिका बैठकदेखि अन्य कार्यक्रम समेत बहिष्कार गर्ने चेतावनी दिदै छुवाछूत मुक्त नगर घाेषणा गर्नका लागि निरन्तर अघि बढने उल्लेख गरे । कार्यक्रममा जागरण मिडिया सेन्टरका अध्यक्ष तथा संविधानसभा सदस्य कमला बिश्वकर्माले दलित जनप्रतिनिधिहरूकाे क्षमता अभिबृद्वि र आवाजलाई सशक्त बनाउने उद्देश्यले याे कार्यशाला आयोजना गरिएको बताइन् । उनले दलित समुदायको सवाललाई प्रभावकारी रूपमा उठाउन जनप्रतिनिधि ,सञ्चारकर्मी र सराेकारवाला बीच सहकार्य आवश्यक रहेको उल्लेख गरिन कार्यशालामा अधिवक्ता हेमा न्यौपाने र जागरण मिडिया सेन्टर लुम्बिनी प्रदेशका प्रमुख बिनाेद परियारले दलित अधिकार ,स्थानीय तहमा नेतृत्व बिकास तथा कानुनी ब्यवस्था सम्बन्धि प्रशिक्षण दिएका थिए। जनप्रतिनिधि महिला नेतृ ,पत्रकार लगायतको उपस्थिति रहेको उक्त कार्यक्रम जिल्ला प्रतिनिधि दिपिका सुनारको सहजीकरणमा सम्पन्न भएको थियो ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया