
सनफ्लावर इंग्लिस बोर्डिङ स्कुलमा विद्यार्थी लक्षित ‘फाइनल एक्जाम बुस्ट अप ओरिएन्टेसन’ कार्यक्रम

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा–९, जिनुवामा अवस्थित सनफ्लावर इंग्लिस बोर्डिङ स्कुलले कक्षा ४ देखि ८ सम्मका विद्यार्थी लक्षित गर्दै आइतबार ‘फाइनल एक्जाम बुस्ट अप ओरिएन्टेसन’ कार्यक्रम सम्पन्न गरेको छ। आगामी वार्षिक परीक्षालाई मध्यनजर गर्दै विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि र प्रभावकारी अध्ययन सीप विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल अन्जित खनालले जानकारी दिए ।
विद्यालयको मूल नारा “फस्टेयरीङ नलेजड् ल्याबीलिटी” तथा प्रेरणादायी भनाइ “लर्निङ नेइवर एक्जिउट्स द माइण्ड्” लाई आत्मसात् गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा अध्ययनलाई कसरी स्मार्ट तरिकाले अघि बढाउने भन्ने विषयमा विशेष प्रशिक्षण दिइएको उनले बताए ।
कार्यक्रममा काउन्सेलर तथा लाइफ कोच देव मिश्रा सहयोगीका रूपमा सहभागी भई विद्यार्थीहरूलाई अभिमुखिकरण गरेका हुन । उनले परीक्षामा सफलता हासिल गर्न विद्यार्थीहरुमा चाहना, आत्मविश्वास र निरन्तर अभ्यास अपरिहार्य रहेको बताए।
विद्यार्थीहरुमा परीक्षालाई टेक्निकल पाटोबाट कसरी सहज बनाउने र व्यवहारिक सिकाईलाई कसरी प्रभावकारी बनाउने भन्ने मनसायका साथ सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममा समय व्यवस्थापन, स्मरण शक्ति विकास, तनाव व्यवस्थापन तथा लक्ष्य निर्धारणजस्ता विषयमा व्यवहारिक सुझाव दिइएको छ।
उक्त कार्यक्रममा विद्यार्थीहरू उत्साहपूर्वक सहभागी भएका थिए। कार्यक्रमपछि विद्यार्थीहरूले परीक्षा तयारीप्रति थप ऊर्जा र सकारात्मक सोच प्राप्त भएको प्रतिक्रिया दिएका छन्।
विद्यालयले यस्ता शैक्षिक तथा व्यक्तित्व विकाससम्बन्धी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया