

तौलिहवा स्थित तौलेश्वरनाथ मन्दिरमा १ लाख ३२ हजार भेटी संकलन


कपिलवस्तु । महाशिवरात्रीको अवसरमा तौलिहवा स्थित ऐतिहासिक तौलेश्वरनाथ महादेव मन्दिरमा १ लाख ३२ हजार रुपैयाँ भेटी संकलन भएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम कुमार गुप्ताले संकलित भेटीबारे जानकारी दिनुभएको हो ।
अध्यक्ष गुप्ताका अनुसार शिवरात्रीको दिन मन्दिरमा एक लाखभन्दा बढी श्रद्धालु भक्तजनले दर्शन गरेका छन् । महाशिवरात्रीका अवसरमा बिहानदेखि नै मन्दिर परिसरमा भक्तजनको ठूलो भीड लागेको थियो ।
श्रद्धालुहरूले पूजा, अर्चना तथा जल चढाएर भगवान शिवप्रति आस्था प्रकट गरेका थिए । मन्दिर परिसरमा विशेष सुरक्षा व्यवस्था तथा व्यवस्थापनको तयारी गरिएको समितिले जनाएको छ ।
समितिले संकलित भेटी तथा सहयोग रकम मन्दिरको व्यवस्थापन, सरसफाइ तथा आगामी धार्मिक कार्यक्रम सञ्चालनमा प्रयोग गरिने जनाएको छ ।


खबर सबै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार






प्रतिक्रिया