

कपिलवस्तु १ मा काङ्ग्रेसको चुनावी अभियानः ठाउँठाउँमा सम्पर्क कार्यालय उद्घाटन



कपिलवस्तु | कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले आफ्नो चुनावी अभियानलाई तिव्र बनाएको छ । सोहि सन्दर्भमा आज क्षेत्रनम्बर १ का विभिन्न ठाउँमा चुनाव प्रचारप्रशार सम्पर्क कार्यालयको उद्घाटन समेत गरिएको छ ।
आज बाणगंगा ५ को कोपवा, , बाणगंगा–११ को ओदारी र मायादेवी–४ को चाकरचौडामा निर्वाचन लक्षित सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । निर्वाचनको समयमा मतदाताका गुनासाहरु प्रत्यक्ष रुपमा सुन्नको लागि सम्पर्क कार्यालय खोलिएको जनाइएको छ ।
सोहि अवसरमा क्षेत्रनम्बर १ का उम्मेदवार अतहर कमाल मुसलमानले क्षेत्रनम्बर १ मा काङ्गैस सबैभन्दा माथि रहेको बताएका छन । पार्टी संगठन यस क्षेत्रका सबै ठाउँमा बलियो रहेको भन्दै कार्यकर्तालाई कमजोर मनोविज्ञान नबनाउन आग्रह गरे ।
संविधानसभा सदस्यसमेत रहेका मुसलमानले विगतमा जनताको विपक्षमा गएर कुनै कार्य नगरेको भन्दै आफू सधैं जनताको पक्षमा उभिएको बताए। साथै उनले पार्टी सभापति गगन थापा नेतृत्वमा आएपछि कांग्रेसप्रतिको आकर्षण अझ बढेको दाबी गरे।



खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया