

तराईका धेरैजसो ठाउँमा हुस्सु



तराई/मधेशका धेरैजसो ठाउँमा आज हुस्सु लागेको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भागमा हुस्सु/कुहिरो तथा बाँकी तराई भागका थोरै ठाउँमा हुस्सु लागेको छ । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
काठमाण्डौमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन भएको छ । हिजो काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम २.४ डिग्री सेल्सियस रहेको थियो ।
काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । चिसोबाट जोगिन न्यानो कपडा लगाउन, तातो झोलिलो खान, काम नपरी घरबाहिर ननिस्कन, बालबालिका, वृद्धवृद्धा र दिर्घरोगीको विशेष ख्याल गर्न डाक्टरको सल्लाह छ ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया