

यस्तो रहने छ आज दिनभरिको मौसम



जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालको मौसम प्रणालीमा देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ।
महाशाखाका अनुसार मंगलबार दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु-कुहिरो रहने छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले औंल्याएको छ।
महाशाखाले पछिल्लो समय चिसो बढ्दै गएको बताएको छ। आज बिहान ५ः४५ बजे काठमाडौंको त्रिभुवन विमानस्थलको तापक्रम ३.४ डिग्री सेल्सियस रहेको थियो। कीर्तिपुरको २.७४, ललितपुर खुमलटारको २.४० तापक्रम रहेको जल तथा मौसम विज्ञान विभागको वेबसाइटमा उल्लेख छ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया