

तराईमा आज पनि हुस्सु र कुहिरो



काठमाण्डौसहित देशभर दिनहुँ चिसो बढेको छ । काठमाण्डौमा हिजोको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेकोमा आज बिहान ३ दशमलव ७ डिग्री सेल्सियसमा झरेको छ । काठमाण्डौको यो तापक्रम यस वर्षको हिउँद शुरू भएयताकै सबैभन्दा कम हो ।
मौसमविद् विनु महर्जनका अनुसार आउँदो केही दिनसम्म तापक्रम यही आसपास रहने अनुमान छ । तराईका धेरैजसो ठाउँमा आज पनि बिहान बाक्लो हुस्सु र कुहिरो लागेको छ । विशेषगरी बाँकेको नेपालगञ्जमा आज बिहान सबैभन्दा बाक्लो हुस्सु लागेको मौसमविद् महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जको भिजिबिलिटी ५० मिटर मात्र रहेको छ ।
त्यसैगरी भैरहवामा भिजिबिलिटी १ सय मिटर मापन गरिएको छ । काठमाण्डौ उपत्यकाको मौसम भने सामान्यतया सफा नै रहेको छ । काठमाण्डौमा बिहानपख ५ किलोमिटरसम्मको भिजिबिलिटी रहेको छ । तराईमा लागेको बाक्लो हुस्सुका कारण जनजीवन, पर्यटन, स्वास्थ्य सेवा तथा सडक यातायातमा प्रत्यक्ष प्रभाव परेको छ । मौसमविद्हरूले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।
विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूलाई चिसोबाट जोगिन न्यानो कपडा प्रयोग गर्न र आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । आज पनि एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया