
ग्लोबल आइएमई बैंकद्वारा विद्यालयलाई वाटर डिस्पेन्सर सहयोग

पवनराज पाण्डे, पाल्पा ।
ग्लोबल आइएमई बैंकले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत पाल्पाको श्री तिलोत्तमा माध्यमिक विद्यालयलाई एक थान वाटर डिस्पेन्सर सहयोग प्रदान गरेको छ।मिति २०८२ साल पौष २० गते (आइतबार) तिनाउ गाउँपालिका–३, झुम्सा, पाल्पामा अवस्थित उक्त विद्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रतिनिधिहरूले वाटर डिस्पेन्सर हस्तान्तरण गरेका हुन्।कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका शाखा प्रमुख सन्जय बगालेले बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासलाई केन्द्रमा राख्दै निरन्तर सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले स्वच्छ खानेपानीको पहुँचले विद्यार्थीहरूको स्वास्थ्य र सिकाइमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।विद्यालयका प्रधानाध्यापक झविन्द्र ज्ञवालीले बैंकको यस सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यसले विद्यालयका विद्यार्थी तथा शिक्षकहरूलाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो। साथै यस्ता सहयोगले शैक्षिक वातावरण थप प्रभावकारी बन्ने उहाँको भनाइ थियो।विद्यालय व्यवस्थापन समिति तथा स्थानीय समुदायले ग्लोबल आइएमई बैंकको यस सामाजिक योगदानको प्रशंसा गरेका छन्।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया