

१३ औँ शुद्धोदन फर्साटिकर कप पौष १५ बाट सुरु, विजेतालाई तीन लाखभन्दा बढी पुरस्कार


बिहीबार आयोजित पत्रकार सम्मेलनमा कपका अध्यक्ष अमृत खड्काले प्रतियोगिताबारे जानकारी दिनुभएको हो। उहाँका अनुसार प्रतियोगिता शुद्धोधन गाउँपालिकाको मुख्य सहयोगमा आयोजना हुन लागेको हो। जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले फर्साटिकर कप बहुप्रतीक्षित कप भएको भन्दै रुपन्देही जिल्ला मात्र नभई सिङ्गो प्रदेशमा कपले उत्साह थपेको बताउनुभयो ।कार्यक्रममा निवर्तमान अध्यक्ष मुकेश कुँवरले फर्साटिकर कपले स्थानीय स्तरमा फुटबल विकास, युवाहरूको प्रतिभा उजागर तथा खेल संस्कृतिको प्रवर्द्धनमा पुर्याएको योगदानबारे चर्चा गर्नुभयो।यस प्रतियोगितामा कपिलवस्तु, पाल्पा, रुपन्देही र नवलपरासी गरी चार जिल्लाबाट १२ टिमहरूको सहभागिता रहनेछ। प्रतियोगितामा सिद्धार्थ क्लब चपरहट्टी, फर्साटिकर एकेडेमी, गोर्खा ब्वाइज क्लब बुटवल, न्यू युथ युनियन पाल्पालगायतका टिमहरू प्रतिस्पर्धामा उत्रनेछन्।आयोजकका अनुसार प्रतियोगिताको प्रथम पुरस्कार तीन लाख एघार हजार एक सय एघार रुपैयाँ र द्वितीय पुरस्कार एक लाख पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ रहेको छ। साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र प्रत्येक खेलका म्यान अफ द म्याचलाई पनि नगदसहित पुरस्कार प्रदान गरिनेछ।खेल संयोजक रवि खड्काका अनुसार प्रतियोगिताका सबै खेलहरू प्रत्येक दिन दिउँसो तीन बजेदेखि सुरु हुनेछन्। सबै खेलहरू फर्साटिकर उच्च माध्यमिक विद्यालयको खेलमैदान, बर्मेली टोलमा सञ्चालन हुनेछन्।आयोजक समितिले यस प्रतियोगिताले स्थानीय खेल प्रतिभाको पहिचान, युवालाई खेलकुदतर्फ आकर्षित गर्ने र क्षेत्रीय फुटबल विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया