महोत्सव स्थलमा लायन्सको बृहत रक्तदान, ४१ पोइन्ट रगत संकलन


पूर्णचन्द्र परियार, जितपुर | कपिलवस्तुको बुद्ध रंगशालामा आयोजित १६ औँ कपिलवस्तु महोत्सव एवं कृषि पर्यटन तथा औधोगिक प्रदर्शनी स्थलमा शनिबार आयोजित बृहत रक्तदान कार्यक्रममा ४१ पोइन्ट रगत संकलन भएको छ ।
लायन्स क्लव अफ कपिलवस्तु, लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनी, लायन्स क्लव अफ कपिलवस्तु स्टार, लायन्स क्लव अफ कृष्णनगर, र लियो क्लव अफ कपिलवस्तुको संयुक्त आयोजनामा संचालित बृहत रक्तदान कार्यक्रममा ४१ पोइन्ट रगत संकलन भएको आयोजक संस्थाले जानकारी दिएको छ । नेपाल रेडक्रश सोसाइटी बाणगंगा शाखा र बाणगंगा स्पोर्टश एण्ड वेलफेयर सोसाइटी सहयोगी संस्था रहेको कार्यक्रममा विभिन्न क्षेत्रमा आबद्ध मानिसहरु रक्तदान कार्यक्रममा सहभागी रहेको लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष नारायण पौडेलले जानकारी दिएका छन।
लायन्स क्लव अफ कपिलवस्तुले विभिन्न प्रतिकुल परिस्थितिसँगै देशको संक्रमणकालिन समयमा पनि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु संचालन गर्दै आएको छ । १६ औँ कपिलवस्तु महोत्सवको अवसरमा आयोजना गरिएको बृहत रक्त्दान कार्यक्रममा लायन रबिन्द्र पौडेल प्रोग्राम कोअडिनेटर रहेको रक्तदानले देशमा रगतको अभावका कारण हुने स्वास्थ्य समस्यालाई केही हदसम्म कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

खबर सबै