

रास्वपाकाे केन्द्रीय संगठन विभाग विज्ञ सदस्यमा कमल खनाल मनाेनित



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीका कमल प्रसाद खनाललाई पार्टीको केन्द्रीय संगठन विभागको विज्ञ सदस्यमा मनोनयन गरेको छ। पार्टी केन्द्रीय कार्यालयबाट जारी गरिएको औपचारिक पत्रमार्फत यो जानकारी सार्वजनिक गरिएको हो।
२०८२ मंसिर १२ गते मितिको पत्रमा विभाग प्रमुखबाट प्राप्त सिफारिसका आधारमा खनाललाई विज्ञ सदस्यमा मनोनयन गरिएको उल्लेख छ। पार्टीको विधान, नीति, दृष्टिकोण तथा विभागीय नियमावलीअनुसार तोकिएका जिम्मेवारीहरू खनालले प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गरिएको पत्रमा भनिएको छ। मनोनयन पत्रमा पार्टीका महासचिव कविन्द्र बुर्लाकाेटीकाे हस्ताक्षर रहेको छ ।
यस मनोनयनसँगै कमल प्रसाद खनाल अब पार्टी संगठनलाई थप बलियो बनाउन, संरचनागत व्यवस्थापनलाई सुदृढ गर्न तथा आन्तरिक कार्यव्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। खनाल यश अघि नेपाल समजवादी पार्टी (नेसपा) मा रहेका थिए । केही साता अघि उनी रास्वपामा प्रवेश गरेका हुन ।



खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया