
स्मार्टले मंसिर १५ देखि निःशुल्क फाइनान्सीयल लिट्रेसी तालिम संचालन गर्दै, घरमै बसेर सहभागी हुन पाइने

स्मार्ट ( स्टक मार्केट एनलाइसिस एण्ड रिसर्च टिम) ले आर्थिक रूपमा सक्षम नागरिक निर्माण गर्ने उद्देश्यसहित आगामी २०२५ डिसेम्बर १ देखि ७ (मङ्सिर १५ देखि २१) सम्म निःशुल्क फाइनान्सीयल लिट्रेसी भर्चुअल तालिम सञ्चालन गर्ने भएको छ। नेपालका लगानीकर्ता, विद्यार्थी, गृहिणी, जागिरे, युवा तथा आर्थिक निर्णयमा सशक्त बन्न चाहने सबैका लागि यो कार्यक्रम एक महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरिएको छ।
६ दिनसम्म चल्ने यो अनलाइन तालिममा सहभागीले आर्थिक सचेतना, पैसाको उचित व्यवस्थापन, आम्दानी–खर्च योजना, बचत–लगानीका आधारभूत सिद्धान्त लगायत दैनिक जीवनमा अत्यावश्यक वित्तीय ज्ञान सिक्ने स्मार्ट ले जनाएको छ।
“From Awareness to Action – Master your money” भन्ने मुल नारासहित सुरु भएको कार्यक्रमले जनमानसमा वित्तीय चेतना अभिवृद्धि गर्दै आर्थिक कमजोरीबाट बाहिर निकाल्न सहयोग पुर्याउने SMART को विश्वास छ। नेपालमा वित्तीय ज्ञानको कमीका कारण धेरै युवा अनियोजित खर्च, जोखिमपूर्ण लगानी तथा दीर्घकालीन वित्तीय योजनाबाट टाढा रहेको अवस्थामा, यो प्रशिक्षण आर्थिक यात्रामा सकारात्मक मोड दिलाउने अवसरका रूपमा हेरिएको छ।
अनलाइनमै सजिलो प्रशिक्षण
तालिम हरेक दिन राति ८ बजे देखि ९ बजेसम्म अनलाइनमार्फत संचालन हुनेछ, जसका कारण सहभागीले घरमै बसेर सहज रूपमा सिक्ने सुविधा पाउनेछन्। अनुभवसम्पन्न SMART प्रशिक्षकहरूले प्रशिक्षण सञ्चालन गर्ने भएकाले सिकाइ सरल, व्यावहारिक र सहभागीमैत्री हुने अपेक्षा गरिएको छ।
कार्यक्रमका मुख्य आकर्षण
निःशुल्क ६ दिने अनलाइन प्रशिक्षण
आर्थिक व्यवस्थापन र लगानीका आधारभूत सिकाइ
सजिलो, सरल र व्यावहारिक प्रस्तुति शैली
अनुभवी SMART प्रशिक्षकद्वारा मार्गदर्शन
सहभागीलाई प्रमाणपत्र उपलब्ध
SMART का अनुसार, हाल नेपालमा वित्तीय साक्षरताको अभावकै कारण धेरै युवाले गलत आर्थिक निर्णयहरू लिइरहेका छन्। त्यसैले, यो प्रशिक्षणले उनीहरूलाई स्वावलम्बी वित्तीय निर्णयकर्ता बनाउन सहयोग गर्छ भन्ने विश्वास लिइएको छ।
दर्ता कसरी गर्ने?
कार्यक्रममा सहभागी हुन चाहनेहरूले SMART ले उपलब्ध गराएको QR Code स्क्यान गरेर वा तल दिएको लिंकमार्फत निःशुल्क दर्ता गर्न सक्नेछन्।
👉 Register Now: https://forms.gle/UZgRSamFKpocMoFL6
https://docs.google.com/forms/d/e/1FAIpQLScixaKu4uKKZRiuUPviPI8B5NmsXAk1wb0ch6N6R-cdYFxNeg/viewform
SMART ले सबै वित्तीय सचेत नागरिक, विद्यार्थी, गृहिणी, युवा, जागिरे तथा भविष्यमा लगानी गर्न इच्छुकहरूलाई यो प्रशिक्षणलाई एक अवसरको रूपमा उपयोग गर्न आग्रह गरेको छ।
नेपालमा आर्थिक साक्षरता बढाउन SMART द्वारा अघि सारिएको यो पहल समयानुकूल, प्रभावकारी र व्यापक रूपमा उपयोगी हुने अपेक्षा गरिएको छ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया