

कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु


कपिलवस्तुमा मंगलबार दिउँसो स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
कृष्णनगर नगरपालिका–९ जुमिलास्थित कृष्णनगर–चन्द्रौटा सडकखण्डमा करिब ३ बजेतिर भएको दुर्घटनामा ६५ वर्षीय शिवप्रसाद चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ।
यु पि ३५ ए के २४१५ नम्बरको महिन्द्रा स्कार्पियोले बाटो क्रस गर्दै गरेका पैदल यात्री चौधरीलाई ठक्कर दिएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।
गम्भीर घाइते चौधरीलाई उपचारका लागि शिवराज अस्पताल बहादुरगंज पुर्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। स्कार्पियो चालक ३५ वर्षीय पप्पु चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया