

रोल्पामा जिप दुर्घटना : चालकको मृत्यु, तीन जना घाइते


रोल्पामा गएराति भएको जिप दुर्घटनामा चालकको मृत्यु भएको छ। दुर्घटनामा थप तीन जना घाइते भएका छन्।
गएराति पौने १० बजेतिर सुनिलस्मृति गाउँपालिका –४ धुलेओडारमा लु २ च ८०१५ नम्बरको पिकअप जिप सडकबाट अन्दाजी ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
भित्री सडकखण्ड हुँदै किलाचौरबाट सुलिचौर तर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा चालक सुनछहरी गाउँपालिका –६ का ३२ बर्षीय थम्मन रोका मगरको उपचारका क्रममा मृत्यु भएको छ।
उनको बिहीबार बिहान पौने ३ बजेतिर उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।
दुर्घटनामा परी जिल्लाको लुंग्री गाउँपालिका – ७ हर्जनका ४० बर्षीइ खिमबहादुर पुन, लुंग्री –४ साल डाडाँकी २७ बर्षीया भावना गिरी र उनकी ५ बर्षीया छोरी शान्ति गिरी घाइते छन्।
सुलिचौरको उपचार पछि तीनै जना घाइतेलाई थप उपचारका लागि मेडिकल कलेज भैरहवाका लागि रेफर गरिएको छ।
दुर्घटनाबारे स्थानीयले सवा १० बजेतिर इलाका प्रहरी कार्यालय सुलिचौरमा सूचना दिएका थिए।
त्यसपछि इप्रका सुलिचौरबाट प्रहरी निरीक्षक अनिलकुमार चौधरीको नेतृत्वमा ११ जनाको टोली घटनास्थल पुगेर घाइतेको उद्धार गरी अस्पताल पुर्याएको थियो।
घाइतेहरुलाई राति साढे १ बजे मात्रै अस्पताल पुर्याएको थियो ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया