

हालै सार्वजनिक भएकाे ‘आईफोन एयर’ को माग लगभग शून्य, उत्पादनमा भारी कटौती



एप्पलले आईफोन एयरको उत्पादनमा भारी कटौती गरिरहेको छ । व्यापार प्रकाशन निकेईका अनुसार अपेक्षाभन्दा उपभोक्ताको चासो कमजोर हुँदा आईफोन एयरको उत्पादनमा ठुलो कटौती गरिएको हो, जुन लगभग ‘उत्पादनको अन्त्य स्तर’ नजिक पुगेको बताइन्छ ।
चीनमा हालै लन्च भएको केही घण्टामै आईफोन एयर विक्री भएको प्रारम्भिक रिपोर्टहरू आएतापनि समग्र प्रतिक्रिया भने उत्साहजनक नरहेको बताइएको छ । अन्य बजारहरूमा पनि कमजोर मागका कारण उल्लेखनीय रूपमा अपेक्षित विक्री घटेको छ ।
लगानीकर्ताहरूको लागि गरिएको नयाँ किब्यान्स क्यापिटल मार्केट्स सर्वेक्षणले आईफोन एयरको लागि लगभग कुनै माग नभएको र फोल्डेबल फोनका लागि पैसा खर्च गर्न तयार रहेको देखाएको छ ।
आईफोन १७ का अन्य मोडेलहरूको माग राम्रै भए पनि उपभोक्ताहरूको रोजाइ प्रो र प्रो म्याक्स मोडेलतिर सर्दै गएको बताइएको छ । यसबाहेक हालसम्म एआई फिचरले आईफोन खरिद गर्ने निर्णयलाई अर्थपूर्ण रूपमा प्रभावित गरिसकेका छैनन् ।
गत हप्ता जापानको मिजुहो सेक्युरिटीजले यस वर्ष आईफोन एयरको उत्पादन एप्पलले १० लाख युनिटले घटाउने बताएको थियो । यसैबिच एप्पलले आईफोन १७ मोडेलहरूको उत्पादन २० लाख एकाइले बढाउने योजना बनाएको छ । एक छुट्टै रिपोर्टमा सामसङले पनि आफ्नो आईफोन एयरको प्रतिस्पर्धी ग्यालेक्सी एस२५ एजको उत्तराधिकारी (successor) को योजना कम विक्रीकै कारण रद्द गरेको दाबी गरिएको छ ।
प्रयोगकर्ताहरूले आईफोन एयरमा एउटै मात्र स्पिकर रहेको, एक मात्र क्यामेरा तथा पातलोपनका कारण ब्याट्री लाइफ अत्यन्तै कमजोर रहेको जस्ता विषयहरूमा असन्तुष्टि जनाएका छन् । प्रो सिरिजमा भएको SD X80 मोडेमको तुलनामा यसमा निम्नस्तरको C1X 5G मोडेम छ । समात्नको लागि धेरै पातलो भए पनि यसको वाईफाई ७ मा समस्या रहेको र यसले ६ गिगाहर्जमा ३२० मेगाहर्ज च्यानल वाइड ह्यान्डल गर्न सक्दैन ।
प्रो मोडेलहरूमा उपलब्ध हुने एमएमवेभ पनि यसमा छैन । यसमा यूएसबी-सी मार्फत एक्सटर्नल मनिटर वा टिभीमा डिस्प्ले आउटपुट गर्ने सुविधा छैन । सन् २०२५ को प्रिमियम डिभाइस भए पनि यसको यूएसबी स्पिड यूएसबी २.० मात्र छ ।
एक प्रयोगकर्ताले यसको मुख्य समस्या मूल्य भएको बताएका छन्, जुन प्रो मोडेलको मूल्यसँग धेरै नजिक छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया