

टी-२० विश्वकप छनोट : नेपाल र यूएईको ‘हेड टू हेड’



आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले यूएई भिड्दै छन्।
समूह ‘बी’को समूह विजेता बनेको नेपालले समूह ‘ए’को विजेता यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो। कुवेतलाई ५८ रनले हराएको नेपालले समूह चरणको अन्तिम खेलमा जापानमाथि ५ विकेटको जित निकालेको हो।
सुपर सिक्सको पहिलो खेलमा आइतबार दिउँसो ४ः१५ बजे नेपाल र यूएई भिड्न लागेका हुन्। सुपर सिक्समा नेपालले यूएईसँगै कतार, ओमान र समाओसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र यूएईको हेड टू हेड
एसियाको क्रिकेट प्रतिस्पर्धामा नेपाल र यूएई चिरपरिचित प्रतिद्वन्द्वी हुन्। दुवै टिमले विश्वकप छनोटको खेलमा उत्कृष्ट क्रिकेट खेल्दै आएका छन्। नेपाल र यूएईको इतिहास प्रतिस्पर्धात्मक छ।
नेपाल र यूएईको टी–२० अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई हेर्दा बराबरीको स्थिति छ। १० वटा टी–२० अन्तर्राष्ट्रियमा दुवै देशले पाँचपाँच जित निकालेका छन्। एकदिवसीय प्रतिस्पर्धामा भने नेपाल अगाडि छ। एकदिवसीयका १५ भेटमा नेपालले ९ जित निकाल्दा यूएईले ६ जितमा चित्त बुझाएको छ।
नेपाल र यूएईको जुनसुकै खेलमा पनि कडा प्रतिस्पर्धा हुन्छ। पछिल्लो समय २०२३ मा भएको त्रिकोणात्मक शृङखला नेपालले जितेको थियो।
सन् २०२३ को आईसीसी पुरुष टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेटले हराएको थियो भने २०२४ को एसिसी पुरुष प्रिमियर कपको सेमिफाइनलमा नेपाल यूएईसँग चुकेको थियो।
कतिपयले नेपाल र यूएईको प्रतिस्पर्धाथाई ‘एल क्लासिको’को संज्ञासमेत दिने गरेका छन्। यी दुई देशबीच भएका अधिकांश भेट रोचक बन्ने गरेका छन्। यो पटकको टी–२० विश्वकप छनोटको समूह चरणका खेल समाप्त हुँदा नेपाल, यूएई र ओमान अपराजित छन्।

सुपर सिक्समा बोनस दुई अंकसहित प्रवेश गरेका तीन टिम नै विश्वकप छनोटका लागि प्रमुख दाबेदार हुन्। सुपर सिक्समा यी तीन टिमको भिडन्तलाई रोचक रुपमा हेरिएको छ। समूहको उपविजेता बन्दै सुपर सिक्समा पुगेका कतार, जापान र सामाओ भने अंकबिहीन छन्। विश्वकप छनोटका लागि नेपाल, यूएई र ओमानले दुईदुई खेल जिते पुग्छ। समूह चरणको समाप्तिसँगै प्रतिस्पर्धामा रहेका कुवेत, मलेसिया र पपुवा न्युगिनी भने विश्वकपको दौडबाट बाहिरिएका छन्।
सोमबार कतारसँग भिड्ने नेपालले बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ। सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओसँग शुक्रबार अर्थात् असोज ३१ गते प्रतिस्पर्धा गर्नेछ।
सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा २०२६ मा हुने विश्वकप खेल्नेछन्।


खबर सबै
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
केशव स्मृति 9A साइट फुटबलको फाइनलमा आयोजक जिनुवा र राजपुर भिड्ने
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी, व्यक्तिगत प्रभावमा संस्था नै बन्धक बन्ने खतरा
-
पूर्व सांसद तथा एमाले कपिलवस्तुका नेता गुप्ताको निधन
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित











प्रतिक्रिया