

सशस्त्र प्रहरी बल रुपन्देहीका प्रमुख कालसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा



सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवा, रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ढकालसहित दुई जनाविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
ढकाललाई कोटहीमाई गाउँपालिका-५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवामा कार्यरत सशस्त्र प्रहरी जवान यमबहादुर खत्रीलाई भारतबाट कर छली गरेर सामान ल्याउन सहजीकरण गरेको आरोपमा मुद्दा दर्ता गरिएको अख्तियारको प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार खत्रीलाई १५ हजार घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। उनीहरूले आपसमी मिलेमतोमा तथा योजनामा भारतबाट दुर्गौलिया नाका हुँदै नेपालमा घरयसी सामान ल्याउन सहजीकरण गरिदिने गरेको अनुसन्धानमा खुलेको छ।
उनीहरूले सेवाग्राहीलाई सहजीकरण गरिदिएवापत १५ हजार रूपैयाँ लिने गरेको पाइएको छ, आरोपपत्रमा भनिएको छ।


खबर सबै
-
पूर्व सांसद तथा एमाले कपिलवस्तुका नेता गुप्ताको निधन
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित
-
रास्वपा कपिलवस्तु जिल्ला अधिवेशन : आकांक्षि धेरै, सहमति की निर्वाचन ?
-
भारतमा कक्रोच जनता पार्टी पहिलो पटक निस्कियो सडकमा
-
अत्याधिक गर्मीको असर : बाणगंगा र कपिलवस्तु नगरपालिकामा तीन दिन विद्यालय बन्द
-
विश्व वातावरण दिवसमा ‘जस्मिन बड्स’का विद्यार्थीहरूले गरे वृक्षरोपण
-
भारतमा कक्रोच जनता पार्टी पहिलो पटक निस्कियो सडकमा
-
अत्याधिक गर्मीको असर : बाणगंगा र कपिलवस्तु नगरपालिकामा तीन दिन विद्यालय बन्द
-
विश्व वातावरण दिवसमा ‘जस्मिन बड्स’का विद्यार्थीहरूले गरे वृक्षरोपण
-
जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि सचेतना कार्यक्रम
-
के हुन्छ दिनहुँ कागती पानी पिउँदा ?
-
रास्वपाको जिल्ला अधिवेशन : कपिलवस्तुसहित आज ३६ जिल्लामा हुदै











प्रतिक्रिया