

पश्चिमी वायुको प्रभाव बढ्दै, पहाडी भागका एक–दुई ठाउँमा वर्षाको सम्भावना





पश्चिमी वायुको प्रभाव बढेसँगै मनसुनी वायु (पूर्वी वायु) कमजोर हुँदै गएको छ । सम्भवतः एक–दुई दिनमै मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव छ । यो क्रमशः पूर्वतर्फ सरिरहेको छ र जाडो महसुस पनि भइरहेको छ ।
पश्चिमी वायुको प्रभावले गण्डकी र कर्णालीमा मध्यम खालको वर्षासमेत भएको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने विभागले जनाएको छ । देशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको मौसमविद गोविन्द झाले जानकारी दिए।
विभागका अनुसार आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै यी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया