

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ



सुर्खेतमा फरूवा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।
चौकुने गाउँपालिका–५ रेक्चाका ३२ वर्षीय गोपीराम जैसीले आफ्नै श्रीमती ३० वर्षीया चन्द्रा देवकोटा जैसीलाई घरमै फरूवाले टाउकोमा प्रहार गरी हत्या गरेका थिए।
मंगलबार बिहान सवा १० बजेतिर गोपीरामले श्रीमती चन्द्राको टाउकोमा फरूवा प्रहार गरी हत्या गरेको खबर पाउनासाथ पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
वडा सदस्य टपेन्द्र बुढा क्षेत्रीले स्थानीय प्रहरी चौकीमा फोनमार्फत सूचना दिएलगत्तै प्रहरी सहायक निरीक्षक बुद्धी साउँदको कमाण्डमा पुगेको ४ जनाको टोलीले गोपीरामलाई पक्राउ गरेको थियो।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ।
हत्या घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया