

लागूऔषध ब्राउन सुगर र २२ लाखबढी रुपियाँसहित एक जना पक्राउ



बाँके प्रहरीले नेपालगन्जबाट लागूऔषध ब्राउन सुगर र २२ लाखभन्दा बढी रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ उधैपुरवाका २८ वर्षीय रमेश लोनियालाई १५ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउनसुगर र नेपाली तथा भारती रुपियाँ गरी २२ लाख तीन हजार ९१५ नेपाली रुपियाँसहित अन्य सामग्रीका साथमा मंगलबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक पातलीले जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्जको संयुक्त प्रहरी टोलीले नेपालगन्ज १४ उधैपुरवाका २८ वर्षीय रमेश लोनियालाई मंगलबार १५ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ, नगद नेपाली रुपियाँ २२ लाख तीन हजार ९१५ लगायत अन्य सामग्रीहरुसहित पक्राउ गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार लोनियाको साथबाट भारतीय नम्बर प्लेट भएका दुई थान मोटरसाइकल, विभिन्न दरका नेपाली रुपियाँ र विभिन्न दरका भारतीय रुपियाँ गरी २२ लाख तीन हजार ९१५ नेपाली रुपियाँ, चाँदी जस्तो देखिने सेतो धातुबाट बनेका खुट्टामा लगाउने कडा २ थान, बाला २ थान, औँठी ३३ थान, सिक्का २१ थान, कानमा लगाउने रिङ ४ थान, जन्तर १ थान, ब्रासलेट ५ थान, पायल १४ थान, माला ५ थान, ठुलो माला ३ थान, नाकमा लगाउने नथी १ थान, हातमा लगाउने ब्रासलेट २ थान (महिलाले लगाउने), पायल ठुलो २ थान र टुक्राहरु साना ठुला ११ थान बरामद भएको छ ।
त्यसैगरी सुन जस्तो देखिने पहेँलो धातुका कडा ६ थान, घाँटीमा लगाउने हार २ थान, सिक्री ३ थान, कानमा लगाउने बाली १ थान, कानमा लगाउने झुम्का ३ जोडी, औँठी ४ थान, टप १ जोडी, सिक्रीको लकेट २ थान, नाकको फुली १ थान, रिङ सानो ६ थान, सिरबन्दी २ थान, तिलहरी २ थान, मङ्गलसुत्र ५ थान, पहेँलो धातु जञ्जिर २ थान बरामद गरिएको सूचना अधिकारी पातलीले जानकारी दिनुभयो ।
त्यसैगरी ५ थान खुकुरी, क्यानन डिएसएलआर क्यामरा १ थान र विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल १० थानसमेत बरामद गरिएको बाँके प्रहरीले जनाएको छ । लोनिका बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया