

लायन्स कपिलवस्तुले मानायो नेपालमा लायन्स स्थापना दिवस



नेपालमा लायन्स स्थापनाको अबसरमा लायन्स क्लव अफ कपिलवस्तुले एक कार्यक्रम गरी मनाएको छ ।
नेपाल लायन्स स्थापना दिवसको अवसरमा लायन्स डिस्ट्रिक्ट ३२५ पि अन्तर्गत जोन–२२ का चारवटा क्लबको संयुक्त आयोजनामा बाणगंगा–१ बैरिया निवासी एकै परिवारका ब्लड क्यान्सर पीडित दुई दिदी–भाइको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको हो ।
लायन्स क्लब अफ कपिलवस्तु, लायन्स क्लब अफ कपिलवस्तु स्टार, लायन्स क्लब अफ दिदीबहिनी र लायन्स क्लब अफ कृण्णनगरको संयुक्त पहलमा कक्षा ८ मा अध्ययनरत खुश्बु बढई र कक्षा ९ मा अध्ययनरत उनका दाजु अभिषेक बढईलाई उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको हो ।

पीडित परिवारको अवस्था निकै दयनीय छ— उनका बुबा सडक दुर्घटनामा परेर पूर्ण रूपमा शारीरिक अशक्त भएका छन् । चार दाजुभाइमध्ये एकजनाको क्यान्सरका कारण मृत्यु भइसकेको छ भने बाँकी तीनमध्ये दुईजना अहिले ब्लड क्यान्सरको उपचाररत छन् । परिवारसँग आफ्नै घर छैन र दैनिक खानपिनको व्यवस्था समेत अनिश्चित छ यस्तो अबस्थामा लायन्स क्लवले घाउमा मलम लगाउने काम गरेको लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष नारायण पौडेलले बताएका छन् ।
नेपालमा पहिलो पटक सन् १९७१ मा लायन्स क्लब अफ विराटनगरका नाममा पूर्वप्रधानमन्त्री स्व मात्रिकाप्रसाद कोइरालाको नेतृत्वमा स्थापना भएको थियो। अहिले नेपालमा करिब दुई हजार क्लब स्थापना भइसकेका छन्। लायन्स क्लबको मुख्य उद्देश्य समाज सेवा गर्ने हो।
मानवसेवा र दान–धर्ममा विश्वकै ठूलो सेवा संगठन मानिने लायन्स क्लब इन्टरनेशनल सन् १९१७ मा अमेरिकाको शिकागोमा मेल्भिन जोन्सको नेतृत्वमा स्थापना भएको हो। “We Serve” (हामी सेवा गर्छौं) भन्ने नारासहित सुरु भएको यस अभियानले हाल २०० भन्दा बढी मुलुकमा ४६ हजारभन्दा बढी क्लबमार्फत सेवा गतिविधि सञ्चालन गरिरहेको छ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया