

कृष्णनगरबाट लागुऔषध र नगदसहित एक जना पक्राउ



कृष्णनगर, कपिलवस्तु | कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ फेम्ली क्लिनीक अगाडी बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले साउन २२ गते विहिवार बेलुका आठ बजे तिर संकास्पद अबस्थामा हिडिरहेका कृष्णानगर नगरपालिका वडा नं २ शंकरनगर बस्ने वर्ष ४६ का दीप नारायण कुर्मीलाई पक्राउ गरेको थियो ।
शंका लागी चेकजाँच गर्दा निजले साथमा लुकाइ छिपाई राखेको ३ वटा प्लास्टिकमा रहेको ६५ वटा पुडीया फेला पारी तौल गर्दा शुद्ध तौल २ ग्राम ८० मिली ग्राम लागु औषध (खैरो हिरोईन) जस्तो देखिने धुलो पदार्थ र ३०,०००।– (तिस हजार) नेपाली रुपैया सहित फेला पारी इलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका चौधरी लाई कपिलवस्तु जिल्ला अदालत बाट आठ दिनको म्याद थप गरि अनुसंधान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक रितेन्द्र कुमार सिंहले जानकारी दिएका छन्।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया