गुल्मीको रुरूक्षेत्र गाउँपालिकामा आइतबार सार्वजनिक बिदा

गुल्मीको रुरूक्षेत्र गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । विगतका वर्षझैँ यस वर्ष पनि विशेष रूपमा मनाइने गाईजात्रा पर्वको अवसरमा आगामी आइतबार (साउन २५ गते) गाउँपालिकाले एक सूचना जारी गरेर सार्वजनिक बिदा दिने दिएको हो ।

गाउँपालिकाभित्र सामाजिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण मानिने र यस क्षेत्रमा विशेष रूपमा मनाइने भएकाले गाईजात्रा पर्वका दिन सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख छ ।

गाउँपालिका अध्यक्ष यदु ज्ञवालीद्वारा जारी सूचनामा बिदाका दिन गाउँ कार्यपालिकाको कार्यालयसहित अन्तर्गतका सम्पूर्ण कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था र अन्य संघ–संस्थाहरू बन्द रहनेछन्।

प्रतिक्रिया

खबर सबै