

विश्व बैंकद्वारा ऋणको ब्याजदर शून्य दशमलव ७५ प्रतिशतले वृद्धि



नेपालको प्रतिव्यक्ति आम्दानी वृद्धि भएकाले विश्व बैंकले नेपाललाई दिँदै आएको ऋणको ब्याजदर पनि बढाएको छ ।
अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले यही जुलाई अर्थात गएको असार १७ गतेदेखि लागू हुने गरी विश्व बैंकको विकास सहायतामा शून्य दशमलव ७५ प्रतिशत ब्याजदर बढेर १ दशमलव ५ प्रतिशत पुगेको जानकारी दिनुभयो ।
नेपाल गरिब राष्ट्रहरूको सूचीबाट स्तरोन्नति भएकाले ऋणको ब्याजदर स्वाभाविक रुपमा बढेको उहाँको भनाइ छ ।
नेपालले ४० वर्षभित्र तिर्ने गरी लिने गरेकोमा अहिले म्याच्युरिटी अवधि ३० वर्ष बनाइएको छ । महाशाखा प्रमुख शर्माले नेपालको विकास सहायतामा विश्व बैकको ८० प्रतिशत योगदान रहेको जानकारी दिनुभयो ।
विश्व बैंक र एशियाली विकास बैंकले ल्याएका देशीय साझेदार रणनीतिसँग सामञ्जस्यता मिलाउने गरी विकास सहायतालाई अघि बढाउने महाशाखाले जनाएको छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया