

गुल्मी : हावाबाट विद्युत् निकाल्ने तयारी



गुल्मीमा हावाबाट विद्युत् निकाल्ने गरी तयारी गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–७, अर्जुनडाँडाबाट विद्युत् निकाल्ने गरी तयारी गरिएको वडाध्यक्ष रामजी पन्थीले जानकारी दिनुभयो । पन्थीको अगुवाइमा वडास्थित सर्वपक्षीय बैठकले एक सय किलोवाट क्षमताको हावा ऊर्जा परियोजना स्थापना गर्ने तयारी सुरु गरिएको छ ।
पन्थीले वडाको समग्र विकासका लागि दीर्घकालीन ऊर्जा योजना प्रस्तुत गर्दै अर्जुनडाँडालाई मुख्य पर्यटकीय गन्तव्य मात्र नभई, हावा ऊर्जा उत्पादनको उपयुक्त केन्द्रका रूपमा चिनाउन दुई वर्षअघि वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रमा सिफारिस गरिसकेको र हाल मन्त्रालयले अध्ययनको प्रक्रिया अघि बढाएको बताउनुभयो । उहाँले अर्जुनडाँडाबाट एक सय किलोवाट क्षमताको हावा विद्युत् उत्पादन गर्ने योजना रहेको र अर्जुनबाट उनायचौर सबस्टेसनको दुरी करिब आठ सय मिटर मात्र भएकाले उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा बिक्री गर्न सकिने बताउनुभयो । यसबाट वार्षिक करिब ३० लाख रुपियँसम्मको आम्दानी हुन सक्ने अनुमान गरिएको छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया