जंगलबाट ल्याएको च्याउ खाँदा एकको मृत्यु, तीन जना गम्भीर बिरामी

रूकुम पूर्वमा जंगलबाट खोजेर ल्याएको च्याउ खाँदा एक जनाको मृत्यु भएको छ थप तीन जना गम्भीर बिरामी परेका छन्।

उपचारका क्रममा ३ वर्षीय बालक योजन विकको मंगलबार दिउँसो ३ बजेतिर सल्यानमा मृत्यु भएको हो।

रूकुम पूर्वको भूमे गाउँपालिका–५ सेराबाङका ३५ वर्षीया रामकुमारी सुनार, उनकी ९ वर्षीया छोरी आयुषा विक, ७ की छोरी भाग्य रेखा विक र ३ वर्षका छोरा योजन विकले तीन दिन पहिले जंगलबाट ल्याएको च्याउ खाएका थिए।

च्याउ खाएर बिरामी भएका उनीहरू तीन दिनपछि असार ५ गते मात्रै जिल्ला अस्पताल रूकुमकोटमा उपचारका लागि आएका थिए।

जिल्लाको उपचारबाट उनीहरूको अवस्थामा सुधार नआएपछि लु १ झ ६०६ न को एम्बुलेन्स आमा र उनका सन्तानलाई बाहिर जिल्ला रिफर गरिएको थियो। छोराको मृत्युपछि आमा र ७ वर्षीया छोरी भाग्यरेखाको सल्यानमा पनि उपचार सम्भव नभएपछि सोही एम्बुलेन्समार्फत् दाङतर्फ रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।
९ वर्षीया आयुषा विकलाई भने आफन्तले रूकुम पश्चिमा पुर्‍याई उपचार गरिरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

खबर सबै