

कोइलीचौर सामुदायिक वनमा वृक्षरोपण



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ९ स्थित कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समुहले वनको खाली क्षेत्रमा वृक्षरोपण गरेको छ । खाली घाँसे मैदान र बगर क्षेत्रमा तारबार गरी सामुदायिक वनले करिब ५ सय विभिन्न जातका बिरुवाहरु रोपेको हो ।
सामुदायिक वनका अध्यक्ष कुन्तामणी भुसालका अनुसार पछिल्लो समय वन क्षेत्रमा मासिदै गएको दुर्लभ बिरुवा सत्तिसाल पनि रोपिएको छ । उनले सत्तिसाल बहुउपयोगी बिरुवा रहेको भन्दै सामुदायिक वनले यसपटक वन क्षेत्रमा उक्त बिरुवा २ सयको संख्यामा रोपिएको जानकारी दिए । यस्तै कोइलीचौर साना किसान सामुदायिक वनले आँप, कटहर, अम्बा, अमला, लगाएतका बिरुवा पनि उक्त क्षेत्रमा लगाएको छ ।
यसबाहेक सामुदायिक वनले विजय सालबाट विभिन्न भाँडा उत्पादन गर्ने कार्यको सुरुवात गरेसँगै वन क्षेत्रमा बिजयसाल संरक्षण तथा त्यसको उत्पादनमा पनि जोड दिएको अध्यक्ष भुसालले बताए ।
अहिले हाम्रो सामुदायिक वनमा विजय सालका बिरुवा धेरै भेटिएको छ, हामी ठूला साना सबै विजयसालका बिरुवाहरु संरक्षण गर्ने र नयाँ बिरुवा पनि रोप्ने अभियानमा छौँ, उनले भने ।
वन उपभोक्ता समुहका सदस्यहरु तथा कार्यसमिति तथा विभिन्न समयमा कामदार लगाएर पनि यसपटक बिरुवा रोपिएको उनले जानकारी दिएका छन् । अघिल्ला वर्ष वृक्षरोपण गरिएका क्षेत्रमा समेत रोपिएका बिरुवा हुर्किएका र यसले वातावरण संरक्षण र वन विकासमा आउँदा पुस्तालाई पनि टेवा पुग्ने वन कार्यसमितिले विश्वास व्यक्त गरेको छ ।
कोइलीचौर साना किसान सामुदायिक वन कपिलवस्तु जिल्लाको पुरानो सामुदायिक वन हो । यो सामुदायिक वन वि.सं. २०४५ सालमा स्थापित सामुदायिक बन हो । कपिलवस्तु जिल्लाकै जेष्ठ सामुदायिक बनको रुपमा रहेको यो बन २ सय १८ हेक्टर क्षेत्रफलमा रहेको छ भने सामुदायिक बनमा करिब ५ सय उपभोक्ताहरु आबद्ध रहेका छन् ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया