एनपिएल २ – अक्सनका लागि खेलाडी रजिष्ट्रेसन खुला

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको मिनी अक्सनका लागि खेलाडी रजिस्ट्रेसन खुला भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विज्ञप्ति जारी गरेर रजिस्ट्रेसन खुला भएको जानकारी गराएको हो । क्यानका अनुसार एनपिएलका ८ टोलीबाट रिलिज भएका र नयाँ खेलाडीहरुले रजिस्ट्रेसन गर्न पाउने छन् ।

खेलाडीहरुले ए, बी र सी मध्ये जुनसकै श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्नेछन् । खेलाडीले साउन ६ गतेसम्म दर्ता गर्न सक्ने छन् । खेलाडी रजिस्ट्रेसनका लागि १ हजार रुपैयाँ शुल्क लाग्नेछ ।

क्यानको बार्षिक क्यालेन्डर अनुसार एनपिएलको मिनी अक्सन अगस्ट महिनामा आयोजना हुने तयारी छ । एनपिएलको मिति नतोकिए पनि नोभेम्बर र डिसेम्बर लिगका लागि सम्भावित समय रहेको छ ।

प्रतिक्रिया

खबर सबै