

भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक



भारतमा एअर इन्डियाको विमान दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनमा इञ्जिन कट–अफ स्थिति अर्थात इञ्जिनका स्वीचहरु बन्द गरिनुलाई रहस्यमय भनिएको छ ।
प्रतिवेदनअनुसार दुवै इन्जिनको फ्युल कन्ट्रोल स्विचहरू ‘रन’बाट ‘कट–अफ’मा सारिएको पुष्टि भएको छ ।
सामान्यतया यस्तो प्रक्रिया विमान गन्तव्यमा अवतरणपछि मात्र गरिन्छ । तर कुनै आपतकालीन अवस्था नदेखिएको प्रतिवेदनमा उल्लेख छ । विमानमा इन्धनको नमूना परीक्षण ‘सन्तोषजनक’पाइएको छ ।
प्रारम्भिक प्रतिवेदनअनुसार विमानको कुनै यान्त्रिक दोष वा सफ्टवेयर त्रुटिको पुष्टि भएको छैन । तथापि, सबै निष्कर्ष आउन अझै समय लाग्ने देखिन्छ ।
एक महिनाअघि जुन १२ मा भारतको अहमदाबाद शहरमा एअर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमान दुर्घटना भएको थियो ।
दुर्घटनामा २४१ जना यात्रुसहित २६० जनाको ज्यान जानुका साथै पाँचवटा भवनहरूमा क्षति भएको थियो ।


खबर सबै
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची











प्रतिक्रिया