

बाढीले उपल्लो मुस्ताङमा चार वटा पुल बगायो : दुई वटामा क्षति



पल्लो मुस्ताङमा लेदोसहितको बाढीले ६ वटा पुलमा क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार हिजो बेलुकाको बाढीले चार वटा पुल बगाएको छ भने दुई वटामा क्षति गरेको छ ।
नेपाल–चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका–४ छोसेरको चुम्जुङ खोलामा झन्डै तीन घण्टा बाढी आएको थियो ।
बाढीले लोमान्थाङ–४ चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ–२ साम्जुङको निर्माणाधीन अर्को एक गरी दुई वटा पक्की मोटरेबल पुलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
त्यसैगरी बाढीले त्यसक्षेत्रमा रहेको फलामे पुल र तीन वटा काठेपुल बगाएर क्षति पुर्याएको छ । उपल्लो मुस्ताङको बाढीका कारण खोलाको बीचमा सञ्चालनमा रहेको एक होटल र लोमन्थाङ–४ अन्दाजी चार सय मिटर दूरीमा रहेको न्याम्डो गाउँका दुई वटा घरका नागरिकलाई सुरक्षित ठाउँमा सारिएको मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिनुभयो ।
आज त्यस क्षेत्रमा बाढीको बहाव कम भइसकेको तर सम्भावित जोखिमको खतरा टरिनसकेकाले स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय मुस्ताङले अनुरोध गरेको छ ।



खबर सबै
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची











प्रतिक्रिया