

एसईई उत्तीर्ण विद्यार्थीहरुलाई ‘आवर विज्डम’ विद्यालयद्धारा सम्मानसहित बधाइ ज्ञापन




पुर्णचन्द्र परियार, जितपुर | हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा उत्कृष्ट अंकसहित उत्तीर्ण भएका विद्यार्थीहरुलाई बाणगंगाको आवर विज्डम आवासीय माध्यमिक विद्यालयले सम्मान तथा बधाई ज्ञापन गरेको छ । विद्यालयमा शनिबार बिहान आयोजित एक कार्यक्रममा विद्यालयले उत्तीर्ण सबै विद्यार्थीहरुलाई सम्मानसहित बधाई ज्ञापन गरेको हो ।
कार्यत्रमmममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले पछिल्ला वर्ष बाणगंगा नगरपालिकाको शैक्षिक स्तर धेरै माथि पुगेको भन्दै आगामी दिनहरुमा अझै प्रगति गर्नुपर्ने बताए । उनले यस पटकको एसईई परीक्षाको नजितामा कपिलवस्तु जिल्ला र यसमा पनि बाणगंगा नगरपालिका भित्रका विद्यालयहरुले राम्रो अंकका साथ उत्तीर्ण गरेकामा बधाइ पनि ज्ञापन गरेका छन् ।
कार्यक्रममा बाणगंगा नगरपालकाका नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले बाणग्ांगा नगरपालिकाले शैक्षिक क्षेत्रालई अब्बल बनाउन विशेष योजनाका साथ काम गरिरहेको भन्दै यहाँका विद्यार्थीहरुलाई अब उच्च शिक्षाका लागि बाहिर जानु पर्ने अबस्था नरहेको बताए । यहाँका विद्यालयहरु भौतिक पुर्वाधार र शैक्षिक गुणस्तर दुबै हिसाबले राम्रा रहेको भन्दै एसईई उत्तीर्ण विद्यार्थीहरुले आफ्नो रुचिअनुसारका विषय लिएर बाणगंगा भित्रका विद्यालयमा अध्ययन गर्न सक्ने बताए ।
कार्यक्रममा विद्यालयका प्लस टु का संस्थापक संचालक डोलकराम घिमिरे, अभिभावक पूर्णचन्द्र परियार, बुद्धिसागर बेल्वासे, मनोज पौडेल लगाएतले सम्बोधन गर्दै एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका छन् ।
कार्यक्रम विद्यालय संचालक समितिका अध्यक्ष उमानाथ पौडेलको अध्यक्षता, प्रदेस सभा सदस्य विष्णु पन्थीको प्रमुख आतिथ्यता तथा शिक्षक कमला शर्माको स्वागत मन्तव्य र विद्यालयका मावि तह संयोजक ताराप्रसाद पाण्डेको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका प्राचार्य नारायण शर्माले यस पटक विद्यालयबाट एसईईमा सहभागि विद्यार्थीहरुले राम्रो नतिजा प्राप्त गरेको भन्दै सबै विद्यार्थीहरुलाई बधाई ज्ञापन गरेका छन् । पछिल्लो समय विद्यालयको भौतिक तथा शैक्षिक पक्षलाई प्रभावकारी बनाइएको भन्दै उनले शैक्षिक उपलब्धि बृद्धि गर्दै यहाँको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने बताए ।
आवर विज्डम आवासीय विद्यालयबाट यसपटक ३२ जना विद्यार्थी परीक्षामा सहभागि रहेका थिए जसमा ३० जनाले उत्तीर्ण नतिजा प्राप्त गरेका छन ।



खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया