

ब्राइट लुम्बिनीको १२ औँ वार्षिकोत्सवमा आफ्नै शैक्षिक गीतको भव्य विमोचन तयारी




कपिलवस्तु । ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रालि ले आफ्नो १२ औँ वार्षिकोत्सव असार १२ गते, बिहीबार एक भव्य समारोहका साथ मनाउने तयारी गरेको छ । एक दशक अघि कपिलवस्तुबाट शैक्षिक उन्नयनमा पाइला चालेको एउटा संस्था जसले अहिले लुम्बिनी प्रदेशको एक महत्वपूर्ण शैक्षिक हबको रुपमा स्थापित नाम बनाएको छ । संस्थाले आफ्नो १२ औँ वार्षिकोत्सवको कार्यक्रमलाई स्मरणीय र भव्य बनाउने तयारी गरेको जनाएको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–४ बाट सञ्चालित यस संस्थाले गुणस्तरीय शिक्षा, वैदेशिक भाषा तालिम, सामाजिक उत्तरदायित्व र व्यावसायिक समन्वय मार्फत आफुलाई प्रदेशमै उदाहरणीय शैक्षिक केन्द्रको रूपमा स्थापित गरिसकेको छ।
संस्थाका प्रबन्ध निर्देशक असिम कँडेल क्षेत्रीले जानकारी दिए अनुसार, वार्षिकोत्सव कार्यक्रममा जापानीज र कोरियन भाषा परीक्षामा सफलता हासिल गरेका विद्यार्थीहरूलाई विदाई तथा सम्मान गरिनेछ। त्यस्तै विविध सांस्कृतिक कार्यक्रम, खुल्ला नृत्य प्रतियोगिताका साथै संस्थाको आफ्नै नवीन शैक्षिक गीतको विमोचन पनि गरिनेछ।
कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका शान्तारानी परियार, गायक बिक्रम परियारलगायत थुप्रै कलाकारहरूको सांगीतिक प्रस्तुति रहने संस्थाका प्रबन्ध निर्देशक असिम कँडेल क्षेत्रीले जानकारी दिनुभयो।
कार्यक्रमको सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न तथा गरिब विद्यार्थीहरूका लागि शैक्षिक सामग्री वितरण गरिनेछ, जसका लागि स्थानीय व्यवसायी र अभिभावकहरूमार्फत सहयोग संकलन गरिने भएको छ । कार्यक्रममा स्थानीयदेखि राष्ट्रियस्तरका चर्चित कलाकारहरूको प्रस्तुति पनि रहने आयोजकले जनाएको छ ।
शिक्षासँगै वैदेशिक रोजगारीका लागि तयारी गराउने क्षेत्रमा समेत ब्राइट लुम्बिनी अग्रणी छ। १०० प्रतिशत नतिजासहित विद्यार्थीहरूलाई जापान तथा कोरिया पठाउँदै आएको यस संस्थाले वैदेशिक भाषा शिक्षा जापानीज र कोरियन मा लुम्बिनी प्रदेशमै विशेष पहिचान बनाएको छ ।
विद्यालय मात्र नभई सामाजिक उत्तरदायित्वप्रति पनि समान रूपले क्रियाशील यस संस्थाले स्थानीय अभिभावक, विद्यार्थी र व्यवसायीहरूबीच गहिरो विश्वास र भरोसा कायम गर्न सफल भएको छ ।विगत १२ वर्षको शैक्षिक यात्रामा ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन ले देखाएको प्रतिबद्धता र नवप्रवर्तनले यसलाई लुम्बिनी प्रदेशको शैक्षिक उत्थानमा रोल मोडेलको रूपमा स्थापित गरेको छ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया