

बीसवर्षे ‘सगरमाथा वृक्षरोपण महाअभियान’ घोषणा

वन तथा वातावरण मन्त्रालयले ‘सगरमाथा संवाद’ कार्यक्रमको आह्वानअनुसार २०वर्षे ‘सगरमाथा वृक्षरोपण महाअभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ ।
गत जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सम्पन्न सगरमाथा संवादको आह्वानअनुसार यो महाअभियान सञ्चालन गर्न सोमबार मन्त्रिस्तरीय निर्णय गरिएको मन्त्रालयले जनाएको छ । निर्णयानुसार सन् २०२५ देखि सन् २०४५ सम्म हरेक वर्ष असार १४ देखि साउन १५ सम्म नेपालभर उपयुक्त जग्गामा वृक्षरोपण गर्ने र लगाएका रुख बिरुवाको संरक्षण गरिनेछ ।
सगरमाथा संवादले हिमालय क्षेत्रमा हिउँ पग्लिँदै गएको, त्यसले तल्लो तटीय क्षेत्रमा ठूलो नकारात्मक प्रभाव पार्ने निश्चित देखिएकाले हिमालय जोगाउन आह्वान गरेको थियो । यस सन्दर्भमा हिमालय क्षेत्र जोगाउने अभियान नेपालबाटै सुरु गरिनु आवश्यक ठानी हिमालय जोगाउने विभिन्न प्रयासमध्ये यो एक महत्त्वपूर्ण महाअभियानका रूपमा हुने वनमन्त्री ऐनबहादुर शाही ठकुरीले बताए ।
यही असार १४ गते वृक्षरोपण दिवसका दिन महाअभियानको शुभारम्भ गरिने मन्त्रालयले जनाएको छ । महाअभियानअन्तर्गत मुलुकभर स्थानीय परम्परागत र फलफूलजन्य बिरुवा रोपण गरिनेछ । नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य गर्ने अन्तरराष्ट्रिय प्रतिबद्धता गरेको छ र यस महाअभियानले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य गर्ने लक्ष्य प्राप्तिमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । हरेक वर्ष असार १४ देखि साउन १५ गतेसम्म सञ्चालन हुने महाअभियानलाई थप प्रभावकारी बनाउन आ–आफ्नो क्षेत्रबाट सहभागी भई सफल बनाउन विभिन्न निकायलाई अनुरोध गरिएको छ ।
मन्त्रालयले महाअभियानमा सङ्घीय मन्त्रालय÷निकाय (सबै), प्रदेश सरकार (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र वन तथा वातावरण क्षेत्र हेर्ने प्रदेश मन्त्रालय), सबै स्थानीय सरकार, वन क्षेत्रमा क्रियाशील सामुदायिक, साझेदारी तथा निजी वनका महासङ्घ, निजी क्षेत्र, नागरिक समाज र सञ्चार क्षेत्रलगायत सबै सरोकारवालालाई अनुरोध गर्ने निर्णय गरेको छ ।
नेपालले सगरमाथा संवादपश्चात सुरु गरिएको महाअभियान हुनाले यसको नामसमेत ‘सगरमाथा वृक्षरोपण महाअभियान’ राखिएको हो । यो अभियानमा आमनागरिकले आफ्ना पूर्वजहरूको सम्झनामा, भावी पुस्ताको सुरक्षित भविष्यका लागि र हाम्रो शिर हिमालयको संरक्षणका लागि वृक्षरोपण गर्न सक्नेछन् ।


खबर सबै
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?









प्रतिक्रिया