

विद्यार्थीबाट व्यवसायीसम्मः ब्राइट लुम्बिनी बन्यो सबैको भरोसा !


कपिलवस्तु | पछिल्लो एक दशक बढी समयदेखि कपिलवस्तुबाट संचालनमा रहेको लुम्बिनी प्रदेशको शैक्षिक उत्कृष्टताको उदाहरण ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा. लि अब विद्यार्थी र अभिभावकहरुसँगै यहाँका व्यवसायीहरुसम्म पनि भरोसाको शैक्षिक केन्द्र बन्दै गएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ मा संचालनमा रहेका ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.ली वैदेशिक रोजगारीमा जाने विद्यार्थीहरुका लागि लुम्बिनी प्रदेशकै प्रमुख शैक्षिक गन्तव्य हो भने पछिल्ला केहि वर्षदेखि यहाँका व्यवसायीहरुका लागि पनि साझेदार संस्थाको रुपमा स्थापित हुँदै गएको हो ।
यो संस्थाले शुक्रबार एक कार्यक्रमका बिच कपिलवस्तुको विभिन्न रुटमा संचालन हुने अटो तथा वातावरणमैत्री ई–रिक्सा व्यवसायीका लागि संस्थाको लोगो अंकित टि–सर्ट प्रदान गर्दै उनीहरुसँग सामाजिक अभियानमा समेत जोडिएको छ । शिक्षा र समाजको समन्वय गर्दै अघि बढिरहेको ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.ली ले लुम्बिनी अटो तथा ई–रिक्सा सेवा समितिका व्यवसायीहरूलाई टि–शर्ट प्रदान गर्दै सामाजिक सहकार्यको सन्देश दिएको हो ।
एक कार्यक्रमबीच टि–शर्ट वितरण गरिएको जानकारी दिँदै संस्थाका प्रबन्ध निर्देशक असिम कडेल क्षेत्रीले अटो व्यवसायीहरूसँगको सम्बन्ध सशक्त बनाउने उद्देश्यले यो कार्य गरिएको बताए । उनले टि–शर्ट वितरणले सस्थाको प्रचारप्रसारमा सहयोग पुग्नुका साथै व्यवसायीहरूबीच एकरूपता र सहकार्य भावना बढाउने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै ई–रिक्सा सेवा समितिका अध्यक्ष ऋषिराम पोख्रेलले लुम्बिनी अटो ई–रिक्सा सेवा समितिका व्यवसायीहरुलाई सम्मान दिइएकोमा धन्यवाद व्यक्त गर्दै, “अब हाम्रो सेवा झन मर्यादित र यात्रु–मैत्री हुनेछ,” उनले भने ।
ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशनले स्थापना काल देखिनै जापानीज तथा कोरियन भाषा तयारीको केन्द्रको रूपमा आफूलाई स्थापित गर्दै आएको छ। जापान र कोरियामा रोजगारी तथा अध्ययनका लागि जान चाहने विद्यार्थीहरूका लागि संस्थामध्ये प्रदेशकै अगाडि रहेको ब्राइट लुम्बिनीले सतप्रतिशत नतिजा निकाल्दै चर्चा बटुल्न सफल भएको छ।
शिक्षा र सामाजिक उत्तरदायित्वलाई समान महत्व दिने संस्थाको यो प्रयासले स्थानीय व्यवसायी, अभिभावक र विद्यार्थी सबैको मन जित्दै गएको छ। विद्यार्थीहरूलाई केवल विदेश पठाउने मात्र नभई समाजप्रतिको जिम्मेवारी बोध गराउने उद्देश्य राख्दै ब्राइट लुम्बिनी दिनप्रतिदिन लोकप्रिय बन्दै गएको छ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया