

मधेशबाहेक अरु प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । दार्चुला, अछाम, बैतडी, डडेलधुरा, कञ्चनपुर, डोटी, बाँके, बर्दिया, सुर्खेत, कैलालीलगायतका जिल्लामा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव छ ।
देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुकोसमेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाकोसम्भावना रहेको महाशाखाले जनाएको छ ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया