

देशभर बदली, तापक्रम घट्दै: माैसमविद भन्छन आज र भोलि भारी वर्षाको सम्भावना



जल तथा मौसम विज्ञान विभागले आज (बिहीबार) र भोलि (शुक्रबार) देशभर आंशिकदेखि साधारणतया बदली रहने र विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार, केही क्षेत्रमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ भने केही स्थानमा भारी वर्षा समेत हुन सक्नेछ।
हाल देशको पश्चिमी र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसैगरी कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, नेपालको पूर्वक्षेत्रमा विगत दुई दिनमा बढी वर्षा भएकाले त्यहाँको तापक्रममा कमी आएको छ। यद्यपि, अन्य क्षेत्रमा अझै गर्मी रहे पनि क्रमशः तापक्रम घट्दै जाने जनाइएको छ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले पूर्वमा तापक्रम घटिसकेको र पश्चिमतर्फ अझै बढी रहे पनि घट्ने क्रममा रहेको बताए। उनले पूर्वको तुलनामा पश्चिम क्षेत्रमा बढी गर्मी हुने जानकारी पनि दिए। मौसमविद् लामिछानेका अनुसार, पछिल्लो केही घण्टामा काठमाडौँ उपत्यकासहित झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ, खोटाङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, काभ्रे, नुवाकोट, गोरखा र मकवानपुरमा वर्षा भएको छ। यो क्रम बिहीबार र शुक्रबार पनि जारी रहने र यसकारण बिहीबार र शुक्रबारको तापक्रममा थप गिरावट आउने उनले बताए। यद्यपि, महाशाखाले ठूलो र देशैभरि एकैनासको वर्षा गराउने प्रणाली भने नभएको जनाएको छ। दिउँसोको समयमा भने गर्मी नै महसुस हुन सक्नेछ।
आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायतका पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले उल्लेख गरेको छ। यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना पनि छ।
राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा भने मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। पहाडी क्षेत्रका थोरै स्थानहरूमा र अन्य भूभागका एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना छ।


खबर सबै
-
पूर्व सांसद तथा एमाले कपिलवस्तुका नेता गुप्ताको निधन
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित
-
रास्वपा कपिलवस्तु जिल्ला अधिवेशन : आकांक्षि धेरै, सहमति की निर्वाचन ?
-
भारतमा कक्रोच जनता पार्टी पहिलो पटक निस्कियो सडकमा
-
अत्याधिक गर्मीको असर : बाणगंगा र कपिलवस्तु नगरपालिकामा तीन दिन विद्यालय बन्द
-
विश्व वातावरण दिवसमा ‘जस्मिन बड्स’का विद्यार्थीहरूले गरे वृक्षरोपण
-
भारतमा कक्रोच जनता पार्टी पहिलो पटक निस्कियो सडकमा
-
अत्याधिक गर्मीको असर : बाणगंगा र कपिलवस्तु नगरपालिकामा तीन दिन विद्यालय बन्द
-
विश्व वातावरण दिवसमा ‘जस्मिन बड्स’का विद्यार्थीहरूले गरे वृक्षरोपण
-
जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि सचेतना कार्यक्रम
-
के हुन्छ दिनहुँ कागती पानी पिउँदा ?
-
रास्वपाको जिल्ला अधिवेशन : कपिलवस्तुसहित आज ३६ जिल्लामा हुदै











प्रतिक्रिया