

रुपन्देहीका पठाओ राइडर्स आन्दोलनमा, ५ बुँदे मागसहित पठाओ कार्यालयमा पत्र बुझाए



बुटवल–भैरहवाका अनलाइन राइड एप्स पठाओ संचालक राइडरहरुले ५ बुँदे मागसहित पठाओ कार्यालयमा पत्र बुझाएका छन् ।
अनलाइन राइडर रुपन्देहीका अध्यक्ष मानबहादुर थापाको नेतृत्वमा गएको टोलीले पठाओ कार्यालय बुटवलका इन्चार्ज प्रदिप केसीलाई बुझाएको र विगत एक वर्ष अघिदेखि बुटवल भैरहवा आसपासका क्षेत्रमा दिँदै आइरहेको पठाओ अनलाइन दुई पाङ्ग्रे सेवा बिगत ३ दिनदेखि पूर्ण रुपमा बन्द गरिएको थापाले बताए।
२०८० चैत देखि औपचारिक रुपमा बुटवल भैरहवा क्षेत्रमा दुई पाङ्ग्रे पठाओ अनलाइन राइड सुचारु भएको र अहिले बुटवल भैरहवा क्षेत्रमा दुई पाङ्ग्रे पठाओ अनलाइन राइडमार्फत सेवाग्राहीलाई राम्रो सेवा प्रवाह भैइरहेको अवस्थामा पनि काठमाडौं उपत्यकासरह रुपन्देहीका पठाओ अनलाइन राइडरहरुलाई सुबिधा नदिएका कारण यसरी आफ्ना मागहरु प्रस्तुत गर्दै पठाओ अनलाइन राइड बन्द गर्न बाध्य भएको सचिव सन्तोष पौडेलले बताए।
यदि यो मागको सुनुवाई नभए अर्को चरणको सशक्त आन्दोलन उनीहरुले जनाएका छन् । माग पत्रमा पठाओ राइड कमिसनको आधारमा काठमाडौ उपत्यका सरह हुनुपर्ने, ग्राहकलाई अफर फेयर घटाउने बढाउने सिस्टम बन्द गरिनुपर्ने, राइड रिक्वेष्ट सिस्टम काठमाडौं उपत्यकासरह समयवधी ५ देखि १० सेकेण्ड हुनुपर्ने, गौतमबुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टमा ग्राहक छोडन तथा लिन जाँदा सहज वातावरण हुनुपर्ने, ग्राहकले पठाओ कार्यालयमा कम्प्लेन गरेको अवस्थामा पहिलो पटकमा नै आइडी सष्पेण्ड नगरी अनुसन्धानको दायरामा राखिनुपर्नेलगायतका मागहरुसहित रुपन्देहीलाई कार्य क्षेत्र बनाएर दुई पाङ्ग्रे पठाओ अनलाइन राइडरहरुको हस्तक्षरसहितको पत्र बुझाएका छन्।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया