

ब्राउन सुगरसहित पाँच युवक पक्राउ



प्रहरीले दाङ र बर्दियाबाट ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ।
शुक्रबार गढवा गाउँपालिका- ६ का २२ वर्षीय लक्ष्मण बिष्ट, गढवा-४ का ३९ वर्षीय भन्साराम यादव र गढवा-६ का ३७ वर्षीय सदान मनिहारलाई प्रकाउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रडम्मर पालले जानकारी दिए।
यस्तै, शनिबार मधुवन नगरपालिका- ७ का २२ वर्षीय डिलबहादुर बस्नेत र मधुवन- ५ का २२ वर्षीय झलक डााँगीलाई पक्राउ गरिएको थियो।
उनका अनुसार बिष्टको साथबाट झन्डै साढे ६ ग्राम ब्राउन सुगर बरामद गरिएको थियो। नेपाल भारतसीमा नाका कोइलाबासदेखि गढवातर्फ आउँदै गरेको मोटरसाइकलमा सवार विष्टलाई शंका लागी चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको थियो। प्रहरीका अनुसार उनी ब्राउन सुगर बिक्रेता हुन्। मनिहार र यादवको नाम भने बिष्टले पोलेका व्यक्ति हुन्।
यस्तै, मधुवन-७ गोपाल चोकमा प्रहरीले चेकजाँच गर्दा बस्नेत र डााँगीको साथबाट २५० मिली ग्राम ब्राउन सुगर बरामद भएको थियो।
पाँच दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
शिक्षा मन्त्रालयका लागि सरकारले छुट्यायो २ खर्ब १८ करोड बजेट
-
पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट बिनियाेजन
-
सडक पूर्वाधारका लागि ३७ अर्ब ४६ करोड विनियोजन











प्रतिक्रिया