

घाटगद्दीमा लैजानुपर्ने ढुंगागिट्टी सीधै क्रसरमा पुर्याएको भेटिएपछि…



रुपन्देही । घाटगद्दीमा लैजानुपर्ने ढुंगागिट्टी सीधै क्रसरमा पुर्याएको भेटिएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिका- ६ गोरकट्टास्थित कश्यप नमुना रोडा उद्योग कारबाहीमा परेको छ ।
नेपालप्रेससहित विभिन्न मिडियामा यसबारे समाचार प्रकाशित भएपछि जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायतको अनुगमनपछि कश्यप नमुना रोडा उद्योगलाई कारबाही गरिएको हो ।
अनुगमनका क्रममा क्रसर उद्योगमा ताजा ढुंगागिट्टीको ठूलो परिमाण भेटिएको थियो । अर्को निर्णय नहुँदासम्मका लागि बिक्री वितरण रोक्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
उनका अनुसार प्राविधिक अनुसन्धानसमेत अघि बढाइएको छ । शनिबार बिहान बा ०३००१ ख ०७२५ नम्बरको टिपरले घाटगद्दीमा लैजानुपर्ने सामग्री सीधै कश्यप क्रसरमा पुर्याएको खबर सार्वजनिक भएको थियो । उक्त टिपर पालिकाबाट अधिकृत अनुमति प्राप्त सवारी हो ।
तिलोत्तमा- ६ मा पर्ने गोरकट्टा र हरपुर क्षेत्रमा कश्यपसहित कालिका, कामना, सिद्धेश्वरी कामना, मुक्तिनाथ, न्यू सृष्टिलगायत करिब आधा दर्जन क्रसर उद्योग सञ्चालनमा छन् । स्थानीयका अनुसार पालिकाले तोकेको घाटगद्दी स्थान छेउमै भए पनि दैनिक दर्जनौं टिपरले सीधै क्रसर उद्योगमा ढुंगा-गिट्टी पुर्याउने गरेका छन् ।
उत्खनन्काे ठेक्का व्यवसायी सुमन बस्यालले लिएका छन्, जसले गत वर्ष पनि ठेक्का पाएका थिए । ठेकेदार, क्रसर सञ्चालक र जनप्रतिनिधिको मिलेमतोमा यो कार्य भइरहेको स्थानीयको आरोप छ ।
स्थानीयले प्रमुख जिल्ला अधिकारीसहितको अनुगमन टोली पुग्दा आक्रोशसमेत पोखेका थिए । अनुगमन टोली आउनुअघि नै ठेकेदारकहाँ सूचना पुग्ने उनीहरूको आरोप छ ।
नेकपा माओवादी केन्द्रका जिल्ला नेता श्याम बराइलीले अनुगमन समितिमा स्वतन्त्र नागरिक, प्रतिपक्ष दलका प्रतिनिधि र विज्ञ समावेश गरी व्यापक निगरानी हुनुपर्ने माग गरे ।
‘नियामक निकायको अनुगमन देखाउने दाँतमात्र हो’, उनले भने ।
जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चापागाईंले कात्तिक-मंसिरमै ठेक्का प्रक्रिया अघि नबढाई पालिकाहरूले जेठमा मात्र एकै पटक ठेक्का दिएपछि प्रभावकारी अनुगमन असम्भव भएको बताए ।
उनका अनुसार कतिपय स्थानमा मापदण्डभन्दा गहिरो गरी उत्खनन् भइरहेको छ । यसअघि पनि तिलोत्तमामा २ र सैनामैनामा ६ वटा टिपर नियन्त्रणमा लिएर कारबाही गरिएको चापागाईंले बताए ।
मापदण्डविपरीतको उत्खनन् र चोरी रोक्न स्थानीयको सक्रिय सहयोग आवश्यक रहेको उनको भनाइ छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया