

स्रोत नखुलेको पाँच लाख भारतीय रकमसहित दुई जना पक्राउ


बाँकेको भन्सार नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रकमसहित दुई जना पक्राउ पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दाङको बबई गाउँपालिकाको पुरन्धाराकी २६ वर्षीया साइना नेपाली र भारतको जिल्ला लखनऊ उत्तर प्रदेशका ४० वर्षीय निरज चौरसिया रहेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले बताए।
उनीहरूलाई जेठ १४ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरबाट प्रहरीले सवारी चेकजाँचका क्रममा पक्राउ गरेको थियो।
जतिखेर उनीहरू छिमेकी देश भारतको रूपैडिहा हुँदै उनी नेपाल आइरहेका थिए। उनीहरूको साथबाट भारतीय रुपैयाँ ५०० दरको नोट ६०० र २०० दरको नोट १००० थान बरामद भएको डिएसपी पतालीले बताए।
भारतको लखनऊका ४० वर्षीय निरज चौरसिया पनि पक्राउ परेका छन्।चौरसियाले चलाएको यूपी ३२ एलबी ६३८९ नम्बरको गाडी चेकका क्रममा स्रोत नखुलेको भारतीय रकम बरामद भएको थियो।
दुबै जनालाई प्रहरीले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा बुझाएको छ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया