

कश्मीर लक्षित आक्रमण गर्यौँ : भारत



भारतीय सशस्त्र बलले बुधबार ‘अपरेसन सिन्दूर’ सुरु गर्दै पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओजेके)मा रहेका नौ ‘आतंकवादी’ केन्द्रहरूमा लक्षित आक्रमण गरेको बताएको छ ।
यो कारबाही पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको ज्यान लिएपछि गरिएको बताएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
रक्षामन्त्रीको कार्यालयले प्रकाशित आधिकारिक विज्ञप्तिमा भारतीय सशस्त्र बलले ‘̍अपरेसन सिन्दूर’ सुरु गरी भारतविरुद्ध आक्रमण योजना गर्ने केन्द्रहरू रहेका पाकिस्तान र पीओजेकेका आतंकवादी अखडाहरूमा प्रहार गरेको बताएको छ ।
यो अभियानले मितव्ययी र सीमित रणनीतिमा आधारित नौ विशिष्ट स्थानहरूलाई लक्षित गरिएको बताइएको छ । तर, जानाजान पाकिस्तानी सैन्य सुविधाहरूलाई निशाना नबनाइएको उल्लेख छ ।
मन्त्रालयले भारतले पहलगाम घटनाप्रति प्रतिक्रियास्वरूप सावधानीपूर्वक लक्ष्य र योजनाहरू चयन गरेको पनि बताएको छ ।
मन्त्रालयले यस हमलाका पछाडि जिम्मेवारहरूप्रति जवाफदेही सुनिश्चित गर्ने संकल्प गरेको छ । आज दिउँसो ‘अपरेसन सिन्दूर’ को विस्तृत जानकारी सार्वजनिक गर्ने घोषणा गरिएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया