

संघीय संसदको अधिवेशन आजबाट शुरु, [लाइभ]



काठमाडौँ । संघीय संसदको अधिवेशन आजबाट शुरु भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्रको जानकारी गराउने छन् ।
बैठकमा प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन हुने सम्भावित कार्यसूचीमा उल्लेख छ। अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेताहरूले दलीय आधारमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्नेछन् । व्यवस्थापन कार्यतर्फ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
गत चैत १९ गते हिउँदे अधिवेशन अन्त्य भएको थियो ।
संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्नेछन्। यस अधिवेशनमा राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसदलाई सम्बोधन हुनेछ।
संवैधानिक व्यवस्था अनुसार आगामी जेठ १५ गते अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन्। यस अधिवेशनलाई बजेट अधिवेशनको रूपमा पनि लिइन्छ। संसद सचिवालयका एक अधिकारीका अनुसार यही वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्रि-बजेट’ छलफल वैशाख २८ गतेदेखि शुरु हुने सम्भावना छ। बजेट प्रस्तुत हुनुभन्दा १५ दिन अगावै प्रि-बजेट छलफल गर्नुपर्ने कानूनी प्रावधान रहेको छ।
त्यसअघि सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्रि-बजेट छलफल हुनेछ। यस अधिवेशनमा संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा सम्बन्धी विधेयक पारित गर्ने प्रयास हुनेछ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया