

घोराहीमा लागूऔषधसहित चार युवा पक्राउ



दाङमा लागूऔषधसहित ४ जना पक्राउ
दाङ | घोराहीमा लागूऔषधसहित चार युवा पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-१९ दुईखोलीस्थित प्रहरी चौकी दुईखोलीबाट खटिएको प्रहरी टोलीले सोमबार जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
घोराहीबाट रोल्पातर्फ जाँदै गरेको रा ४ प ४३५३ नं.को मोटरसाइकल र लु.प्र.०२-००१ प १३७६ नं.को स्कुटर खानतलासी गर्ने क्रममा त्यसमा सवार व्यक्तिहरूले लुकाइराखेको लागूऔषध ब्राउनसुगर फेला परेपछि पक्राउ गरिएको प्रहरी निरीक्षक सोम घर्ती मगरले बताए ।
प्रहरीले उनीहरूलाई बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रोल्पा नगरपालिका-८ का वर्ष २६ का रविन घर्ती मगर, रोल्पा-२ का वर्ष २७ का समिप रोका मगर र वर्ष २५ का रिमन पुन मगर तथा रोल्पा-८ का वर्ष २५ का विकास के.सी. छन् ।
उनीहरूको साथबाट लागूऔषध ब्राउनसुगर ४ ग्राम ६२० मिलिग्राम र ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल ७४ पत्ता ७४० क्याप्सुल बरामद भएको प्रहरी निरीक्षक घर्ती मगरले बताए । उनीहरूलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया