
घोराहीमा लागूऔषधसहित चार युवा पक्राउ




दाङमा लागूऔषधसहित ४ जना पक्राउ
दाङ | घोराहीमा लागूऔषधसहित चार युवा पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-१९ दुईखोलीस्थित प्रहरी चौकी दुईखोलीबाट खटिएको प्रहरी टोलीले सोमबार जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
घोराहीबाट रोल्पातर्फ जाँदै गरेको रा ४ प ४३५३ नं.को मोटरसाइकल र लु.प्र.०२-००१ प १३७६ नं.को स्कुटर खानतलासी गर्ने क्रममा त्यसमा सवार व्यक्तिहरूले लुकाइराखेको लागूऔषध ब्राउनसुगर फेला परेपछि पक्राउ गरिएको प्रहरी निरीक्षक सोम घर्ती मगरले बताए ।
प्रहरीले उनीहरूलाई बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रोल्पा नगरपालिका-८ का वर्ष २६ का रविन घर्ती मगर, रोल्पा-२ का वर्ष २७ का समिप रोका मगर र वर्ष २५ का रिमन पुन मगर तथा रोल्पा-८ का वर्ष २५ का विकास के.सी. छन् ।
उनीहरूको साथबाट लागूऔषध ब्राउनसुगर ४ ग्राम ६२० मिलिग्राम र ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल ७४ पत्ता ७४० क्याप्सुल बरामद भएको प्रहरी निरीक्षक घर्ती मगरले बताए । उनीहरूलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया