

नयाँ शैक्षिक सत्रका लागि देशभर पाठ्यपुस्तक पुगेको मन्त्रालयको दाबी



शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका स्थानीय तहहरूमा पाठ्यपुस्तक पुर्याइसकिएको बताएको छ।
मन्त्रालयले एक सूचना निकाल्दै दुर्गम तथा हिमाली जिल्लाहरूका सबै स्थानीय तहका केन्द्रहरूमा पनि पाठ्यपुस्तक पुगिसकेको उल्लेख गरेको हो।
मुगु जिल्लाका दुई वटा स्थानीय तहमा भने पाठ्यपुस्तक पुर्याउन बाँकी छ।
‘सबै स्थानीय तहका बिक्री केन्द्रहरूसम्म पाठ्यपुस्तक पुगिसकेको जानकारी जनक शिक्षा सामग्री केन्द्रले दिएको छ,’ शिक्षा मन्त्रालयले भनेको छ।
केन्द्रले एक करोड ७० लाख ५० हजार सय थान पाठ्यपुस्तक छपाइ गरेको थियो।
चैत्र २९ गतेसम्ममा विभिन्न ९ ओटा प्रादेशिक केन्द्रहरूबाट ७५ लाख ९४ हजार ७५ थान पाठ्यपुस्तक बिक्री भएको र आवश्यकता अनुसार पाठ्यपुस्क मौज्दात रहेको केन्द्रको भनाइ छ।
कुनै बिक्री केन्द्रमा पाठ्यपुस्तक नपुगेको भएमा केन्द्रका तपसिल बमोजिमका वितरण केन्द्रहरू वा सम्बन्धित स्थानीय तहको शिक्षा शाखा वा सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।
साथै शिक्षा मन्त्रालयको ०१ ४२००३५३ मा पनि सूचना दिन सकिने मन्त्रालयको भनाइ छ।
नयाँ शैक्षिक सत्र भने सुरू भइसकेको छैन।
सामुदायिक विद्यालयका शिक्षकहरू तत्काल विद्यालय शिक्षा ऐन जारी गर्न मागसहित शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंकेन्द्रित आन्दोलनमा छन्।
चैत २० गतेदेखि शिक्षकहरूले दिनहुँ काठमाडौंमा प्रदर्शन गर्दै आएका छन्। सरकारले नेपाल शिक्षक महासंघसँग वार्ता पनि गर्दै आएको छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया