

बैंक तथा वित्तीय संस्थामार्फत हुने शङ्कास्पद कारोबारको सङख्या बढ्दो





बैंक तथा वित्तीय संस्थामार्फत् हुने शङ्कास्पद कारोबारको सङख्या बढ्दै गएको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय जानकारी इकाई सम्बन्धी वार्षिक प्रतिवेदनमा बितेको ५ वर्षमा यस्तो कारोबार बढ्दै गएको देखिएको हो ।
बैंक तथा वित्तीय संस्थाले अघिल्लो वर्ष पाँच हजार ९३५ शङ्कास्पद कारोबार दर्ता गराएकोमा यस वर्ष ७ हजार ३३८ वटा शङ्कास्पद कारोबार दर्ता गराएका छन् ।
सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी रिपोर्टिङका लागि एकाइका रुपमा स्थापित अनुसन्धनात्मक प्रणाली (गोएएमएल) मा आवद्ध अनुसन्धानकारी निकाय र नियामक निकायको सङ्ख्या एक हजार छ सय ३९ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार अनुसन्धानकारी निकाय र नियामक निकायको सङ्ख्या क्रमशः बढ्दै गएको हो ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ बमोजिम गर्नुपर्ने सूचक संस्थाले एकाइमा पेश गरेको सीमा कारोबारको सङ्ख्या आर्थिक वर्ष २०७९/८० मा १६ लाख ९८ हजार तीन सय ९८ रहेकामा आर्थिक वर्ष २०८०/८१ मा १६ लाख ९७ हजार सात सय १२ छ ।
सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ बमोजिम गर्नुपर्ने रिपोर्टिङका लागि एकाइको गोएएमएल प्रणालीमा आवद्ध गरिएको छ ।
यो प्रणालीमा प्राप्त भएका अधिकांश शङ्कास्पद कारोबार एवम् गतिविधि प्रतिवेदन कर छलीसम्बन्धी, मौद्रिक एवम् बैंकिङ, विदेशी विनिमय, बीमा, सहकारीसम्बन्धी, ठगीसम्बन्धी चिठ्ठा जुवा, सट्टेबाजीलगायत सम्बद्ध कसूरसँग सम्बन्धित रहेको पाइएको छ ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया