

टिकटकले ल्यायो नयाँ सुरक्षा जाँच प्रविधि : साइबर आक्रमणबाट जोगिन सहयोग पुग्ने




भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल अर्थात् सुरक्षा जाँच प्रविधिको घोषणा गरेको छ । यो ‘सेन्ट्रलाइज्ड ड्यासबोर्ड’ प्रयोगकर्तालाई आफ्नो खातालाई सजिलै सुरक्षित गर्न मद्दत गर्न डिजाइन गरिएको हो ।
यो उपकरण एपमा रहेको ‘सुरक्षा र अनुमति’ विकल्पअन्तर्गत ‘सेटिङ्स र गोपनीयता’ खण्डमा फेला पार्न सकिन्छ । यसले विभिन्न सुरक्षा विकल्पहरू प्रदान गर्छ । जस्तै तपाईंको खातालाई फोन नम्बर वा इमेल ठेगानामा लिङ्क गर्ने, तपाईंसँग लग इन गर्ने ब्याकअप विधि सुनिश्चित गर्न दुई–कारक प्रमाणीकरण गर्ने र अनुहार पहिचान वा फिङ्गरप्रिन्ट जस्ता बायोमेट्रिक प्रमाणीकरण लगइन विकल्प प्रदान गर्छ ।
सुरक्षा चेकअप टुलले खातासँग सम्बन्धित उपकरण हेर्ने कुनै पनि अज्ञात वा अब प्रयोगमा नरहेको यन्त्रमा पहुँच रद्द गर्ने, खातामा हुने कुनै पनि शङ्कास्पद गतिविधिको निगरानी गर्ने र उपयुक्त कारबाही गर्न प्रयोगकर्तालाई सचेत गर्छ । साइबर आक्रमणहरू बढ्दै गएको बेला टिकटकले सुरक्षा मापदण्ड बढाउने प्रयास गरेको जनाएको छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया